२९ आश्विन २०८३, बिहिबार

एयर इण्डियाको विमान अपहरण !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Air-india

काठमाडौं, ७ जेठ । एयर इण्डियाको विमान अपहरण गर्न आतंकवादीहरुले योजना बनाएको खुलासा भएको छ । उनीहरुले एक/दुई दिनभित्रै एयर इण्डियाको विमान अपहरण गर्ने धम्की समेत दिएका छन् ।

बुधबार विमानस्थलमा अज्ञात नम्बरबाट फोन गरेर योजनाबद्ध तरिकाबाट एयर इण्डियाका विमान अपहरण गर्ने चेतावनी दिँदै सक्छौ भने रोक भन्दै भारत सरकारलाई धम्की आएको विमानस्थलका अधिकारीले बताएका छन् ।

धम्की अनुसार उडानमा रहेका एयर इण्डियाका कुनैपनि विमानलाई अपहरण गर्ने जनाएको छ । धम्कीपछि इण्डियन एयरलाइन्सले श्रीनगर पुलिस थानामा उजुरी दर्ता गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार अज्ञात नम्बरबाट आएको फोन र धम्कीको बारेमा स्थानीय प्रहरीले अनुसन्धान सुरु गरेको छ । एजेन्सी