२९ आश्विन २०८३, बिहिबार

सोलोमोनमा ६.९ रिक्टर स्केलको शक्तिशाली भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-solomon_annotated

सिड्नी ७ जेठ । बिहीबार सोलोमोन द्विपमा ६.९ रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ ।
तर यस भूकम्पपछाडि सुनामीको चेतावनी नदिइएको र यसबाट कुनै ठूलो क्षति पनि नभएको अनुमान गरिएको छ ।
सोलोमोन द्विपको लतादेखि १८४ किलोमिटर टाढा र राजधानी होनीआरादेखि ४८७ किलोमिटर टाढा १९ किलोमिटर गहिराईमा रहेको पनि सो संस्थाले जनाएको छ ।

बिहीबार गएको ६.९ रिक्टर स्केलको शक्तिशाली भूकम्पपछि ४.९ रिक्टर स्केलको भूकम्प गएको जनााइएको छ ।
हालसम्म प्राप्त डाटासँग आवद्ध समाचारअनुसार सो शक्तिशाली भूकम्पपछि पनि सुनामी चेतावनी भने नदिएको प्रशान्तमहासागरिय सुनामी चेतावनी केन्द्रले जनाएको छ ।

सोलोमोन द्विप अग्नीचक्रभित्र पर्ने देश भएको हुनाले यहाँ भूकम्प र ज्वालामूखी विस्फोट जस्ता घटना भईरहने गर्दछ ।
सोलोमोन विश्वको तुलानामा नै एक भूकम्पीय क्षेत्र भएको हुनाले यहाँ तीन बर्षयता ६.० रिक्टर स्केल भन्दा बढीको ३० भन्दा बढी भूकम्प आइसकेको अष्ट्रेलियाली भूकम्पविज्ञ मार्को मालडोनीले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।

यसै महिनाको सुरुमा पनि छिमेकमा पर्ने पपुवा न्यु गिनीमा ७ .१ रिक्टर स्केलको भूकम्प गएको र सुनामी चेतावनी दिइएको थियो । तर यस भूकम्पबाट ठूलो क्षति भने नभएको जनाइएको थियो ।

सोलोमोन द्विपमा सन् २०१३ मा ८.० रिक्टर स्केलको भूकम्प गएको र यसबाट कम्तीमा १० व्यक्तिको मृत्यु भएको थियो । सो भूकम्पबाट हजारौ व्यक्ति घरवारबिहिन भएका थिए । रासस/एएफपी