काठमाडौं, ६ जेठ । महिलालाई सार्वजनिक रुपमा पोशाक लगाएर चुम्बन गरेको भन्दै नेपाल प्रहरीका एक प्रहरी नायव महानिरीक्षक (डिआईजी) कारबाहीमा परेका छन् ।
प्रहरी पोशाक लगाएर आफ्नै श्रीमतीलाई किस खाएको फोटो फेसबुकमा सार्वजनिक गरेर बर्दीको दुरुपयोग गरेको भन्दै डिआईजी बिजय भट्टलाई प्रहरी प्रधान कार्यालयले सचेत गराएको हो ।
प्रहरी संगठनको सामाजिक सञ्जाल प्रयोगसम्बन्धि निर्देशिका विपरीत फेसबुकमा फोटो पोष्ट गरेको भन्दै उनलाई कारबाही स्वरुप सचेत गराएको प्रहरी विभागले जनाएको छ ।
यस्तै, संगठनको नीति विपरित नेपालसँग चीन नजिक हुनुपर्छ भन्ने डिएसपी आभूषण तिमल्सिना पनि कारबाहीको घेरामा फसेका छन् । पदीय मर्यादाविपरीत उनले फेसबुकमा भारतभन्दा नेपाल चीनसँग नजिक हुनुपर्छ भनेर लेखेका थिए ।
















प्रतिक्रिया