१५ कार्तिक २०८३, आइतबार

‘राष्ट्रिय सरकारको नेतृत्व एमालेले गर्नुपर्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

OLYMPUS DIGITAL CAMERA

– सुधासुमन ढकाल

दाङ, ७ जेठ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञावलीले राष्ट्रलाई संकटबाट मुक्त गर्न राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल दाङ शाखाले विहीबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेको नेतृत्वमा सरकार बनेमा न्याय र जायज हुने बताए । नियम अनुसार सरकारको नेतृत्व गर्ने पालो अब एमालेको भएको उपाध्यक्ष ज्ञावलीले दाबी गरेका छन् ।

वर्तमान सरकार रहँदा काम गर्न नसकेको आरोप र प्रत्यारोप लाग्ने भएकाले यस्तो अबस्थामा विदेशीहरुबाट आउने सहयोग पनि रोकीने भएकाले देशलाई ठूलो घाटा हुने उनले बताए । प्रधानमन्त्री कसलाई बनाउने भन्ने कुरा उनले नखुलाए पनि सहमति भए एक मिनेटमा टुङगो लगाउने दाबी गरे ।

प्रधानमन्त्रीको कुर्सीका लागि लुछाचुडी नगरेर अब सबै राजनीतिक पार्टीहरु एकताबद्ध तवरले अघि बढ्नुपर्ने उनले बताए । देशमा नसोचेको विपत्ति आइ परे पनि यसलाई अबसरका रुपमा लिएर पुनर्निर्माणमा जुट्नुपर्ने उपाध्यक्ष ज्ञावलीको भनाई थियो ।

छिमेकी मुलुक चीन र भारतको बीचका प्लेट नमिलेकाले नेपालमा भूकम्प गइरहने दाबी गर्दै स्थानियविकास मन्त्री समेत बनिसकेका ज्ञवालीले अब मनलाग्दी तरिकाले जनतालाई घर निर्माण गर्न दिन नहुने तर्क गरे । देश गम्भीर मोडमा पुगे पनि नेताहरुको मासिकता तदअनुरुपमा नभएकाले र परम्पराबादी सोच भएकाले त्यसको परिवर्तनको आवश्यकता औंल्याए ।

देशमा विपत्ति भएपछि नेपाली जनतमा अभूतपुर्व एकता देखिएकाले यसलाई बाचर्य राख्न नेताहरु निरन्तर लाग्नुपर्ने बताए । देशको पुनर्निर्माणका लागि १० खर्ब बजेको आवश्यकता पर्ने समेत उनले दाबी गरे । पत्रकार सम्मेलन प्रेस चौतारी दाङका अध्यक्ष टिका बस्नेतलको अध्यक्षतामा भएको थियो ।