२९ आश्विन २०८३, बिहिबार

उद्धार कोषमा तीन अर्ब ३९ करोड बढी जुट्यो, पीडितलाई राहत पुगेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisaकाठमाडौँ, ७ जेठ । भूकम्पपीडितको सहायतार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु तीन अर्ब ३९ करोड ८ लाख १६ हजार ८१० सङ्कलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार स्वेदश तथा विदेशमा रहेका विभिन्न गैरनाफामूलक सामाजिक सङ्घसंस्था, व्यावसायिक प्रतिष्ठान, समाजसेवी, विदेशस्थित नेपाली दूतावासबाट आजसम्ममा उक्त रकम सङ्कलन भएको हो ।

आज उक्त कोषमा आज मात्र रु ३० करोड ३१ लाख ४९ हजार ४४ दाखिला भएको उक्त कार्यालयले जनाएको छ । कोषमा स्वदेशका साथै विश्वका विभिन्न मुलुकबाट रकम प्राप्त हुने क्रम जारी छ । रासस