३ कार्तिक २०८३, मंगलबार

काठमाडौंबाट छोराछोरी बाहिर लैजाने स्वीकृति माग्दै निवेदनको चाङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Studentकाठमाडौं, ७ जेठ । राजधानीमा डेरा गरी विभिन्न विद्यालयमा पढाउने अभिभावकले बालबालिका अन्यत्र लैजाने तयारी गरेका छन् ।

भूकम्पका कारण राजधानीमा पढाउने अवस्था नभएपछि आफ्नै जिल्लाका विद्यालयमा भर्ना गर्ने तयारीमा जुटेका छन् ।

काठमाडौं, ललिलपुर र भक्तपुरका विद्यालयमा पढाउने अभिभावकले आफ्नै जिल्लामा भर्नाका लागि स्थानान्तरणसमेत माग गरेको सौर्य दैनिकले छापेको छ । राजधानीबाहिरका जिल्ला शिक्षा कार्यालयमार्फत स्थानान्तरणको माग गर्दै निवेदनको चाङ लाग्ने गरेको छ ।

यसरी निवेदन दिनेमा कक्षा १० मा पढिरहेका बालबालिकाका अभिभावक बढी रहेको छ । अन्य कक्षामा पढ्नेलाई स्थानान्तरणका लागि शिक्षा कार्यालयले स्वीकृति दिनुनपर्ने भए पनि कक्षा १० मा पढिरहेका विद्यार्थीले निवेदनको स्वीकृतिबेगर स्थानान्तरण गर्न नपाउने व्यवस्था भएपछि शिक्षा कार्यालयमा निवेदन दिने गरेका छन् ।

कक्षा ९ मा जुन विद्यालयबाट एसएलसी परीक्षाका लागि रजिस्ट्रेसन फारम भरिएको हो, त्यही विद्यालयमा पढ्नुपर्ने अनिवार्य व्यवस्था भएपछि अभिभावकले स्थानान्तरण माग गरेका हुन् ।

शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमले धेरै जिल्लाका शिक्षा अधिकारीले अभिभावकले पढाउन नसकिने भन्दै स्थानान्तरण माग गरेको रिपोर्टिङ गरेको बताए ।

‘धेरै शिक्षा अधिकारीले काठमाडौंमा पढाइरहेका बालबालिकाका अभिभावकले स्थानान्तरण माग गरेको भनेका छन्,’ उनले भने, ‘हामीले पनि सजिलै कक्षा १० मा पढिरहेका विद्यार्थीलाई दिने विचारमा छौँ ।’

कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीलाई एक जिल्लाबाट अर्को जिल्ला स्थानान्तरण हुन महिलाले विवाह गरेको हुनुपर्ने, बसाइँसराइ गरेको हुनुपर्ने र कर्मचारीको सरुवा भएर अर्को जिल्लामा गएको अभिभावक हुनुपर्ने नियम छ ।

तर, भूकम्पले यी तीन पाटोलाई छोएको छैन । शिक्षा कार्यालयले स्थानान्तरण हुने जिल्ला र विद्यालयको शिक्षा कार्यालयले स्वीकृति दिएपछि दिने व्यवस्था छ ।

नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले बाहिरबाट आएका विद्यार्थी काठमाडौंमा पढ्न मनोवैज्ञानिक रूपमा तयार नभएकाले अभिभावकले आफ्नो बच्चा स्थानान्तरण गर्न थालेको बताए ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका नियन्त्रक विष्णुप्रसाद द्वारेले भूकम्पबाट प्रभावित जिल्लाका कक्षा १० मा पढ्ने विद्यार्थीका लागि यसै शैक्षिक सत्रमा सजिलै स्थानान्तरणको व्यवस्था गरिएको जानकारी गराए ।

‘भूकम्पले काठमाडौंमा बसेर पढ्न नसक्ने विद्यार्थीलाई हामीले सजिलै स्थानान्तरण दिने गरेका छौँ,’ उनले भने, ‘ती विद्यार्थीलाई पहिलेको व्यवस्था लागु हुँदैन ।’

उनका अनुसार कक्षा १० मा पढ्ने विद्यार्थीले अहिले आफू बसेको वडा कार्यालयमार्फत निवेदन दिएर स्थान्तरण पाउने छन् ।