३ कार्तिक २०८३, मंगलबार

मौसम र नदीनालाका बारेमा जानकारी पाउन ११५५ मा निःशुल्क फोन गर्नुस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

phone-callकाठमाडौं, ७ जेठ । सर्वसाधारणलाई बाढीको पूर्वसूचना दिन सरकारले निस्शुल्क टोल फ्री सेवा सञ्चालन गर्ने भएको छ ।

विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयमातहतको जल तथा मौसम विज्ञान विभागले जुन महिनादेखि यस्तो सेवा सुरु गर्न लागेको हो ।

विभागका महानिर्देशक डा ऋषिराम शर्माले मनसुन सुरु हुने जुन (१ असार) देखि ११५५ नम्बरमा टेलिफोन गरी मुलुकभरका नदीमा पानीको सतह र बहावबारे जानकारी लिन सक्ने जानकारी दिएको कान्तिपुर दैनिकले छापेको छ ।

नेपाल टेलिकमले विभागलाई उक्त नम्बर उपलब्ध गराइसकेको छ । थप अरू दुई टोल फ्री नम्बर पनि छिट्टै प्राप्त हुने शर्माले बताए ।