१५ कार्तिक २०८३, आइतबार

कोइराला र ओलीको आकस्मिक भेटवार्ता किन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-KP-oli

काठमाडौँ, ६ जेठ । प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आकस्मिक भेटवार्ता भएको छ ।

राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषयमा दुई नेताबीच भेटवार्ता भएको हो । राष्ट्रिय सहमतिको सरकारका लागि एमाले नेताहरुले ओलीको नाम प्रस्ताव गर्दै आएका छन्, कोइराला भने आफै सहमतिय सरकारको प्रधानमन्त्री बन्न चाहन्छन् ।

काँग्रेस र एमालेका शीर्षनेताबीच यसअघि नै राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सैद्धान्तिक सहमति भइसकेको छ ।

यसका साथै भेटवार्तामा सरकारका तर्फबाट राहत सामग्री वितरण, पुनर्वास तथा पुनःनिर्माणका काममा प्रभावकारी ढङ्गले अघि बढ्नेमा पनि छलफल भएको थियो ।