
मोन्ट्रियल, ६ जेठ । आतङ्ककारी सञ्जाल आइएसमा भर्ती हुन खोज्ने कम्तीमा १० जना क्यानाडेली युवालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरु सो आतङ्ककारी समूहमा भर्ना हुनका लागि जान खोजेको सूचना प्रहरीले प्राप्त गरेको र सोही आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।
ती दश जना युवाको समूहलाई क्यानाडाको प्रहरीले गत हप्तामात्र मोन्ट्रियल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको जनाएको छ ।
क्यानाडाको संघीय प्रहरीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिइएको छ । यसअघि पनि मोन्ट्रियल क्षेत्रबाटै पाँचजना युवक र दुई युवती सो समूहमा भर्ती हुनका लागि भागेर गएको थिए ।
उनीहरुका विरुद्धमा राज्यका तर्फबाट कुनै अभियोग भने दर्ता गरिएको छैन । तर उनीहरुका आफन्त एवम् अभिभावकहरुसँग प्रहरीले परामर्श गरिरहेको जनाइएको छ ।
हालैका दिनमा युरोपका कतिपय देशहरुबाट सो समूहमा भर्ती हुनका लागि युवायुवती भागेर जाने गरेको पाइएको बताइन्छ । रासस÷एएफपी















प्रतिक्रिया