
गुइयाङ्ग (चीन), ६ जेठ । दक्षिण–पश्चिमी चीनको गुइचोउ प्रान्तको प्रान्तीय राजधानी गुइयाङ्गमा रहेको एक नौ तले भवन भत्किएको समाचार छ ।
सो भवनमा कैयौँ नागरिक पुरिएको वा च्यापिएको हुनसक्ने समाचारमा जनाइएको छ । तर के कतिजना त्यहाँ परेका छन् भन्नेबारेमा भने केही पत्ता लाग्न सकेको छैन ।
उद्धारकर्ताहरुले सो भवनको भग्नावशेषमा तीन व्यक्ति फसेर रहेका बताएका छन् । तर प्रहरीले सो भवनमा अरु पनि व्यक्ति च्यापिएको हुनसक्ने आशङ्का गरेको छ ।
यस समाचारको विस्तृत विवरण प्राप्त भइसकेको छैन । बुधबार बिहान भएको उक्त दुर्घटनाको उद्धार जारी रहेको छ । रासस÷सिन्ह्वा















प्रतिक्रिया