नयाँ दिल्ली, ६ जेठ । पश्चिमी भारतीय राज्य राजस्थानमा मङ्गलबार साँझ आएको धुलोयुक्त आँधीबाट कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ ।
वरिष्ठ प्रहरी अधिकारीले बुधबार सो जानकारी दिनुभएको छ । आँधीमा धुलो मिसिएपछि त्यसका कारण कैयौँ व्यक्तिको ज्यान गएको अधिकारीहरुको भनाइ छ ।
मङ्गलबार साँझ आएको सो धुलोयु्क्त आँधीबाट भारतपुर जिल्लामा पाँच, धोलपुरमा दुई, बिकानेरमा दुई जनाको मृत्युु भएको जनाइएको छ ।
मृत्यु हुनेहरुमा केही व्यक्ति आँधीका कारण भत्किएको पर्खालमा पनि परेका बताइएको छ ।
राजस्थानका मुख्यमन्त्री बसुन्धरा राजले सो घटनामा ज्यान गुमाउने प्रत्येक व्यक्तिलाई सहयोगस्वरुप चार लाख भारतीय रुपैयाँका दरले आर्थिक सहयोग दिने घोषणा गर्नुभएको छ ।
राजस्थानमा धुलोयुक्त आँधी एक साधारण घटनाका रुपमा हुने गरेको बताइएको छ । यसअघि पनि त्यहाँ पटक–पटक यस्तो आँधीको प्रकोप हुने गरेको थियो । रासस/सिन्ह्वा
















प्रतिक्रिया