– राज कुमार ओली
झापा, ६ जेठ । झापामा जमिन मुनिबाट चिरा परेर निस्केको पानी आउने क्रम अहिले रोकिएको छ । पानी रोकिएपछि गाउँ डुबानको खतरा टरेको छ ।
आज विहान ८ बजे एक्कासी खाली जमिनमा पानीको मुल फुटेको थियो । भर्खरै ४ बजेबाट पानी आउने क्रम रोकिएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सजय बहादुर रावतले जानकारी दिनुभयो ।
‘अहिले पानी आउने क्रम रोकिएको छ, अब जोखिम हटेको छ ।’ उनले भने । यसअघि जमिन चिरिएर पानीको मुहान फुट्दा विर्तामोड ७ का स्थानियहरु आतंकित बनेका थिए ।
















प्रतिक्रिया