३० आश्विन २०८३, शुक्रबार

बेष्ट र एनआईसी एसिया बैंकबीच रेमिट्यान्स सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

best-nic

काठमाडौं, ६ जेठ । गैरआवासीय नेपालीहरुद्धारा प्रवद्र्धित बेष्ट रेमिट नेपाल र एनआईसी एसिया बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ ।

सो सम्वन्धि सम्झौतापत्रमा बेस्ट रेमिटका प्रवन्ध निर्देशक श्याम तामाङ र एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत ससिन जोशीले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतासँगै अब विश्वका विभिन्न देशबाट बेष्ट रेमिटमार्फत आएको रेमिट्यान्स रकम एनआईसी एसिया बैंकका मुलुकमा विभिन्न भागमा रहेका ६८ शाखाबाट भुक्तानी लिन सकिने जनाइएको छ । सम्झौतापछि बेष्ट रेमिटका प्रबन्ध निर्देशक श्याम तामाङले विदेशबाट पठाएको पैसालाई सेवाग्राहीसम्म पु¥याउन यो सम्झौताले थप सहज बनाउने जानकारी दिनुभयो ।

बेष्ट रेमिटले विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउन आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका साथै नीजि कम्पनीहरुसँग रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौतालाई प्राथमिकता दिँदै आएको छ । बेष्ट रेमिटले खाडी तथा अन्य देशमा रहेका बैंक तथा एक्सचेञ्ज हाउससँग पनि तीव्र रुपमा सम्झौता गरिरहेको जनाएको छ ।

यो सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट बेस्ट रेमिट मार्फत पठाएको रकम अब बेस्ट रेमिटका २५ सय भन्दा बढी एजेण्ट, सब–एजेण्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी लिन सकिने बेष्ट रेमिटले जनाएको छ ।