२० कार्तिक २०८३, शुक्रबार

‘विपत्तिको समयमा नाफा खोज्ने अपराधी हो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koirala

काठमाडौँ, ६ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले विपत्तिको समयमा पीडित जनतालाई सेवा गर्न छोडेर नाफाखोरी गर्ने प्रवृत्ति आपराधिक कार्य भएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताउनु भएको छ ।

उहाँले बुधबार बिहान प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भूकम्पपीडितका लागि रकम सहयोग गर्न आएका विभिन्न संस्थाका प्रतिनिधिहरूको बीचमा बताउनुभएको हो ।

उहाँले अपराध गर्ने जो सुकै लाई पनि कडा कारवाही गरिने प्रतिबद्धता जनाउनुभयो । सहयोगको यस्तो पुनित कार्यमा लाग्नुपर्ने बेलामा पनि कतिपय व्यक्ति नाफा कमाउन, पीडितका लागि जुटेको रकम र सामग्री हडप्न लागेका समाचार आएकाले त्यसप्रति चनाखो भएर निगरानी गर्न पनि आग्रह गर्नुभएको थियो ।