२९ आश्विन २०८३, बिहिबार

एचडिएनपीले भूकम्प पीडितका लागि रगत संकलन गर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

FotoFlexer_Photo

– विजय थापा

वाशिंगटन डिसी । विनाशकारी भूकम्पका कारण घाईते भएकाहरूको स्वास्थ्य उपचारमा सहयोग पुराउने उद्देश्यले एचडिएनपी (हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल, नेपाल) तथा काठमाडौँको त्रिभुवन बिमान स्थलको प्रवेश द्वारमा संचालनमा रहेको मेरीडिएन सुईट होटलको संयूक्त आयोजनामा वैशाख ४ गते सोमबार रक्तदान कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ ।

उक्त रक्तदान कार्यक्रममा ४० जना रक्तदाताले रगत दान गरेको एचडिएनपी नेपालकी संयोजक सिर्जना घिमिरेले बताईन ।

भूकम्पबाट घाईते भएकाहरुलाई रगतको कमी नहोस भन्दै रक्तदानको कार्यक्रम नेपालमा राखिएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियका संस्थापक देवी आचार्यले बताए ।

रक्तदान गर्नु हुने सम्पूर्ण रक्तदातालाई एचडिएनपी नेपाल, हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय टेक्सास डलस फोर्टवर्थ अमेरिका तथा मेरीडिएन सुईट होटल काठमाडौँले धन्यबाद दिएका छन् ।

hdnpयसको साथै भूकम्प पीडितहरुको लागि हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल नेपाल रअन्तर्राष्ट्रियको पहलमा टोखा नगर पालिकाका वडा १ र २ मा ७५ जना भूकम्प पीडित परिवारलाई खाद्य समाग्री वितरण गरेको छ भने भूकम्पबाट अति प्रभावित जिल्ला नुवाकोटमा १ सय घरबार बिहिन परिवारलाई खाध्य तथा राहत सामग्री वितरण गरेको संस्थापक देवी आचार्यले बताए ।

अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना भएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले बिश्व कै धनि राष्ट्र अमेरिकामा पनि प्रशस्त घरबार बिहिन, अशक्त तथा मागेर जीविका चलाउने मानिसहरुलाई भोजन गराउने गरेको छ ।

hdnp1
उक्त संस्थाले उनीहरुको लागि स्वास्थ्य, शिक्षा र जिविकोपार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ । हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन, भिखारी र आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको जानकारी देवी आचार्यले दिदै उनीहरुको स्वास्थ्य उपचार तथा लुगा फाटाहरु समेत उपलब्ध गराई सहयोग गरिदै आएको बताएका छन् ।

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।