२९ आश्विन २०८३, बिहिबार

आईपीएल क्रिकेटको फाइनलमा पुग्यो मुम्बई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mumbai

काठमाडौं, ६ जेठ । भारतमा जारी अठौं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इन्डियन्स फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो प्लेअफ खेलमा लिग चरणको दोस्रो स्थानमा रहेको मुम्बई इन्डियन्सले पहिलो स्थानमा रहेको चेन्नई सुपर किंग्सलाई २५ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले चेन्नईलाई १ सय ८८ रनको लक्ष्य दिएको थियो । निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै मुम्बईले १ सय ८७ रन जोडेको थियो ।

मुम्बईका लागि लेन्डल सिमेसले ५१ बलमा सर्वाधिक ६५ रन जोडे भने उनका साझेदार पार्थिव पटेटले ३५ र किरेन पोलार्डले १७ बलमा ५१ रनको योगदान दिए ।

चेन्नाईका ड्वेन ब्रावोले ४० रन खर्चेर तीन विकेट लिए । जवाफी ब्याटिङमा चेन्नईले १९ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६२ रन मात्र बनाउन सक्यो । चेन्नाईका लागि फेफ डूप्लेसिसले ४५ रन र सुरेश रैना ले २५ रन बनाए ।

मुम्बईका लागि मालिङगाले २३ रन खर्चेर ३ विकेट झारे भने हरभजन सिंहले २६ रन खर्चेर २ विकेट लिए ।

अब चेन्नाईले फाइनल प्रवेशका लागि तेस्रो स्थानमा रहेको रोयल च्यालेञ्जर्स बैंगलोर र राजस्थान रोयल्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । बै‌ैंगलोर र राजस्थानबीच पुणेको मैदानमा आज फाइनलका लागि प्रतिस्पर्धा हुँदैछ ।