काठमाडौं, ६ जेठ । नेपाल सद्भावना पार्टीकी नेतृ सरिता गिरीले सामाजिक सञ्जालमार्फत आएको भूकम्प पीडितलाई तराईमा स्थानान्तरण गर्न नहुने धारणालाई लिएर सोमबार धेरैले प्रहरीको टाइमलाइन व्यस्त बनाए । प्रहरीको ट्विटर ह्यान्डललाई मेन्सन गरेर धेरैले गिरीमाथि कारबाहीको माग गरे । राजनीतिक टिकाटिप्पणी प्रहरीको क्षेत्राधिकार थिएन । शक्तिशाली भूकम्पपछि सूचना आदानप्रदानका लागि सामाजिक सञ्जालको प्रभावकारी उपयोग गरिरहेको प्रहरी समूह मौन नै बस्यो।
भूकम्पको कम्पनपछि काठमाडौं छाडेर आफ्नो थालथलो फर्कनेको संख्या बढेसँगै सार्वजनिक सवारीसाधनले चर्को भाडा असुल्न थाले । केही सचेत उपभोक्ताले प्रहरीको ह्यान्डलमा मेन्सन गर्दै दिएको सूचनाका आधारमा प्रहरीले यस्ता गतिविधिमा संलग्न सवारी धनी र चालकलाई पक्राउ गरी बढी लिएको भाडा फर्काउन सक्रिय भयो ।
ट्विटरकै एक प्रयोगकर्ताले कपनमा निलो माइक्रोले बढी भाडा असुलेको जानकारी सामाजिक सञ्जालमार्फत नै दिए । प्रहरीले विस्तृत जानकारी मागेपछि ती प्रयोगकर्ताले माइक्रोको नम्बरप्लेट देखिने गरी तस्बिर खिचेर पठाएपछि प्रहरीले चालकलाई नियन्त्रणमा लियो । चालकले भाडा बढी लिएको आरोप अस्वीकार गरेपछि प्रहरीले पुनः ती प्रयोगकर्तासँग सहयोग माग्यो, तर ती सम्पर्कविहीन भए ।
सोमबार अमेरिकाको न्युयोर्कवासी एक नेपालीले प्रहरीको फेसबुकमा सन्देश पठाएर नेपालमा रहेकी आफ्नी प्रेमिकालाई फकाइदिन आग्रह गरे । पहिचान खुल्ने फेसबुक अकाउन्टबाट आएको आग्रहमा नेपालमा रहेकी प्रेमिकाले आफूलाई छाड्दा मानसिक तनाव बढेको र रातभर सुत्न नसकेको भन्दै उनलाई मनाइदिन आग्रह गरेका थिए । प्रहरीले सन्देस त पढ्यो तर, उनको समस्याको समाधान प्रहरीसँग थिएन ।
वैशाख १२ को शक्तिशाली भूकम्पको कम्पनसँगै सामाजिक सञ्जालमा सक्रिय भएको प्रहरी अहिले भूकम्पबाट भएको मानवीय र भौतिक क्षति, सडकमार्गको अवस्था, कालोबजारी, हराएका व्यक्तिको खोजी जस्ता सूचना प्रवाहमा सामाजिक सञ्जालको सकारात्मक उपयोग गरिरहेको छ ।
भूकम्पले निम्त्याएको विपदसँगै राहत, उद्धार र खोजीमा खटिएर प्रशंसा पाएको प्रहरीले सामाजिक सञ्जालको प्रभावकारी उपयोगबाट उत्तिकै स्याबासी पाइरहेको छ । ३२ लाख प्रभाव, १४ हजार फलोअर्स, १० हजार नौ सय रिट्विट, ७ हजार २ सय फेबरेट, १० हजार ६ सय रिप्लाई । २८ दिनमा ट्विटरमा नेपाल प्रहरीको नेपालपुलिसएचक्युको यो तथ्यांकले प्रहरीको सामाजिक सञ्जालमा सक्रियता देखाउँछ ।
सानो समूह लिएर विपदमा सूचना प्रवाहलाई प्रभावकारी बनाउन सामाजिक सञ्जालमा छिरेको प्रहरीका दुःख पनि कम छैनन् । प्रेमिका रिसाउँदा रातभर निद्रा नलागेको भन्दै उनलाई फकाइदिन अनुरोध आउने मात्रै हैन, हुँदै नभएको घटना मेन्सन गरेर दुःख दिनेहरुको जमात बढिरहेको अनुभव बाँडे सामाजिक सञ्जालको समन्वय गरिरहेका प्रहरी अधिकारीले ।
गम्भीर प्रकृतिका सूचनासँगै आउने नक्कली सूचना, अनावश्यक विवादमा ह्यान्डल मेन्सन गर्दा टाइमलाइनमा फिजिने अनावश्यक सामग्री अनि कार्यक्षेत्र बाहिरका विषयवस्तुमा ट्याग र मेन्सन गरेर जवाफ माग्दै हैरानी दिनेहरु बढिरहेको देखियो ।
‘सामाजिक सञ्जालका नेपाली प्रयोगकर्ता निकै सक्रिय र प्रभावकारी देखिए,’ नेपाल प्रहरीको सामाजिक सञ्जालको संयोजन गरिरहेका एसएसपी राजीव सुब्बाले भने, ‘अनावश्यक विषयमा मेन्सन गर्ने, नभएको सूचना दिने र विवादमा जबर्जस्ती तान्नेहरु पनि छन् ।’
प्रहरीका लागि अनुपयोगी छलफलमा ह्यान्डल मेन्सन गरेर टाइमलाइनमा अवरोध बढाउने क्रम बढेपछि प्रहरीले बारम्बार व्यक्तिगत छलफलमा मेन्सन नगर्न आग्रह गरेपछि त्यसको क्रम घटेको छ । तर रोकिएको छैन । प्रहरीको सो आग्रहपछि डाइरेक्ट म्यासेज(डिएम) आउने संख्या भने बढेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया