२९ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्री उद्धार कोषमा तीन अर्ब पच्चीस करोड बढी जुट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

k|wfgdGqL lgjf; afn'jf6f/df cfof]lht sfo{qmddf kl/ifbsf ;b:o ;lrj 8f= /fdxl/ nfld5fg]n] k|wfgdGqL b}jL k|sf]k p4f/ sf]ifdf k|wfgGqL sf]O/fnfnfO{ r]s x:tfGt/0f . tl:a/ M ;f}hGo k|wfgdlGqsf] sfof{no

काठमाडौँ, ६ जेठ । भूकम्पपीडितको सहायतार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु तीन अर्ब २५ करोड १८ लाख तीस हजार ५३९ सङ्कलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार स्वेदश तथा विदेशमा रहेका विभिन्न गैरनाफामूलक सामाजिक सङ्घसंस्था, व्यावसायिक प्रतिष्ठान, समाजसेवी, विदेशस्थित नेपाली दूतावासबाट आजसम्ममा उक्त रकम सङ्कलन भएको हो ।

आज उक्त कोषमा रु ३६ करोड ९२ लाख ७१ हजार ११३ दाखिला भएको छ । उक्त रकममध्ये रु २९ करोड ७४ लाख २१ हजार ८७४ नेपाल सरकारका कर्मचारीबाट प्राप्त भएको उक्त कार्यालयले जनाएको छ । कोषमा विश्वका विभिन्न मुलुकबाट रकम प्राप्त हुने क्रम जारी छ । रासस