३ कार्तिक २०८३, मंगलबार

सरकारले भूकम्पपीडितलाई पुरानो ठाउँको जग्गाको सट्टा गरिदिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhu-fatyaoकाठमाडौं, ६ जेठ । प्रभावित क्षेत्रका जनताको पुनर्वासका लागि पुरानो ठाउँको जग्गा सट्टा गरिदिने र असार मसान्तभित्र सुरक्षित स्थानको पहिचान गरेर उपलब्ध गराइने योजनासहित ४० बुँदे राहतका कार्यक्रम सरकारले पारित गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भूकम्पपीडित जनतालाई असार मसान्तभित्रै राहत, आर्थिक सहायता तथा भवन निर्माणसम्बन्धी काम गर्ने गरी बनाएको योजना सोमबार साँझको मन्त्रिपरिषद् बैठकमा पेस गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

पारित योजनामा भनिएको छ, ‘प्रभावित क्षेत्रका जनताको पुनर्वासका लागि सुरक्षित स्थानको पहिचान जेठ मसान्तभित्र सहरी विकास मन्त्रालयले गर्ने गरी योजना बनाउने र तीन महिनाभित्र जग्गा सट्टा भर्ना दिने तथा एकीकरण (ल्यान्ड पुलिङ) गरिनेछ।’

यो कार्यमा भूमिसुधार मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सहयोग गर्नेछन्।