काठमाडौं, ५ जेठ । गत वैशाख १२ पछि नेपालका आएका भूकम्पबाट विस्थापित भएर टेन्टमा बसिरहेकी एक बालिकाको बलात्कार भएको छ ।
भूकम्पले घरमा बस्न नसकेर काठमाडौंको खुशुबी टाउन प्लानिङमा टेन्टमा बसिरहेकी एक बालिकालाई नजिकै बसिरहेका २२ वर्षिय राकेश महर्जनले सोमबार बिहान बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कारको अभियोगमा प्रहरीले महर्जनलाई पक्राउ गरेको छ । बालिकाको आमा खाना पकाउन थालेको तथा बुबा बाहिर निस्केको बेला महर्जनले बलात्कार गरेको प्रहरी समक्ष बयान दिएका छन् ।
बलात्कार गर्दै गरेको अबस्थामा छिमेकीले देखेपछि महर्जनलाई पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।
अभियुक्त महर्जनविरुद्ध जबरजस्तीकरणी ऐन अन्तर्गत मुद्दा चलाइने काठमाडौं प्रहरीका प्रवक्ता एसपी बिश्वराज पोखरेलले बताउनुभयो । महर्जनलाई प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया