२९ आश्विन २०८३, बिहिबार

विश्वकप खेल्न २२ खेलाडी छानिए, को को परे टीममा ? (तालिका सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-cricket-team

काठमाडौं, ५ जेठ । नेपाल क्रिकेट संघ क्यानले टी-२० विश्वकप छनोट र आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनपसिपमा स्कटल्याण्डसँग खेल्ने २२ प्रारम्भीक नेपाली टोली घोषणा गरेको छ ।

मंगलबार तालिका सार्वजनिक गर्दै क्यानले पारस खड्काको कप्तानीमा २२ प्रारम्भीक नेपाली टोली घोषणा गरेको हो ।

क्यानले सार्वजनिक गरेको नेपाली टोलीमा शरद भेष्वाकर, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, सागर पुन, विनोद भण्डारी र भुवन कार्की छनोटमा परेका छन् ।

यस्तै, प्रदिप ऐरी, जितेन्द्र मुखिया, पृथु बास्कोटा, अनिल मण्डल, मेहबुब आलम, राजेश पुलामी र अभिनाश कर्ण, महेश क्षेत्री, शौरभ खनाल, सिद्धान्त लोहनी र हरिशंकर साह पनि नेपाली टोलीमा छानिएका छन् । टोलीमा छानिएका खेलाडीलाई क्यानले बन्द प्रशिक्षणमा बोलाइएको छ ।

क्यानले छानेको नेपाली टिमको सदस्यमा क्रिकेटर नरेश बुढायर, राहुल विक, राम नरेश गिरी र अमृत श्रेष्ठ छनोट भएका छैनन् । आज छनोट भएको २२ सदस्यी नेपाली टोली इंग्ल्याण्ड र नेदरल्याण्डको भ्रमणअघि दुई साता अभ्यासका लागि भारत जाने क्यानले जनाएको छ ।

1) पारस खड्का

2) शरद भेष्वाकर

3) बसन्त रेग्मी

4) सोमपाल कामी

5) करण केसी

6) सुवास खकुरेल

7) ज्ञानेन्द्र मल्ल

8) शक्ति गौचन

9) सागर पुन

10) विनोद भण्डारी

11) भुवन कार्की

12) प्रदिप ऐरी

13) जितेन्द्र मुखिया

14) पृथु बास्कोटा

15) अनिल मण्डल

16) मेहबुब आलम

17) राजेश पुलामी

18) अभिनाश कर्ण

19) महेश क्षेत्री

20) शौरभ खनाल

21) सिद्धान्त लोहनी

22) हरिशंकर साह