१५ कार्तिक २०८३, आइतबार

भूकम्प प्रभावित क्षेत्रमा ‘टाक्स फोर्स’ आउने, के हो ‘टाक्स फोर्स’ ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahesh-basnet

काठमाडौं, ५ जेठ । सरकारले भूकम्पबाट अति प्रभावित ६ जिल्लामा भूगर्वविदको १८ वटा टिम पठाउन उच्चस्तरिय ‘टाक्स फोर्स’ गठन गरेको छ ।

उद्योगमन्त्री महेश बस्नेतले बुधबारदेखि भूकम्पबाट अति प्रभावित क्षेत्रमा भूगर्वविदको टिम पठाउन उच्चस्तरिय ‘टाक्स फोर्स’ गठन गरिएको जानकारी दिनुभयो ।

उहाँले यसरी गठन भएको उच्चस्तरिय टाक्स फोर्सले सात दिन भित्र प्रतिवेदन पेश गर्ने बताउदैँ उक्त प्रतिवेदनका आधारमा गृहमन्त्रालय अन्तगरत रहेको अस्थायी पुर्नवास कार्यक्रमका लागि पहल गरिने उल्लेख गर्नुभयो ।

साथै सरकारले घोषणा गरेको अतिप्रभावित जिल्लामा गोर्खा, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट, धादिडमा भूगर्वविदको १८ वटा टिम पठाउने छ, जसमा प्रत्येक टीममा तीन सदस्य भूगर्भविद रहनेछन् ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्वजीत महतोको नेतृत्वमा खानी विभाग, इसिमोड, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक भूगर्भवीद र नेपाल भौगर्भिक समाजको प्रतिनिधित्व रहेको उच्चस्तरीय टाक्स फोर्स गठन भएको हो ।

महानिर्देशक महत्तोको नेतृत्वमा गठित नौ सदस्यीय ‘टाक्स फोर्स’ ले भूकम्प प्रभावित क्षेत्रको स्थलगत तथा स्याटेलाइट डाटाको आधारमा सात दिन भित्र प्रतिवेदन पेश गर्नेछ ।