२९ आश्विन २०८३, बिहिबार

एयर इण्डियाको विमान दुर्घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Air-indiaकाठमाडौं, ५ जेठ । एयर इण्डियाको एक विमान मंगलबार दुर्घटनामा परेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार एयर इण्डिया विमानको ककपिट को सीसा टुटेर दुर्घटना भएको हो । यद्यपी विमान ठूलो दुर्घटनाबाट बचेको छ ।

उक्त विमानले ककपिटको सीसा टुटेको थाहा पाउने वित्तिकै लखनउ स्थित चौधरी चरण सिंह विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । आकस्मिक अवतरण गर्न सफल भएपछि विमान ठूलो दुर्घटनाबाट बचेको हो ।

विमानमा सवार १६९ जना यात्रु सकुसल रहेको प्रहरीले जनाएको छ ।

विमानस्थलका निर्देशक एससी होताले दिएको जानकारी अनुसार भारतको दिल्लीबाट भुवनेश्वरका लागि उडेको एयर इंडिया ८७३ को विमान ३२१ ले सीसा फुटेपछि तत्काल विमानस्थलमा सम्पर्क गरेको थियो । त्यसपछि उक्त विमानले लखनउमा आकस्मिक अवतरण गरेको थियो ।

उनका अनुसार चालक दलको निर्णयमा विमानलाई दिउँसो लखनउ हवाई अड्डामा अवरतरण गरिएको थियो । विमानमा १६९ यात्रु सवार थिए । एजेन्सी