३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री कोषमा प्यूठानबाट ७३ लाख जम्मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-currency Paisa

प्यूठान, ५ जेठ । भूकम्प पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्यूठानबाट हालसम्म रु ७३ लाख १३ हजार ७५९ जम्मा गरिएको छ ।

जिल्लामा कार्यरत कर्मचारी, गैरसरकारी संस्था, व्यवसायी र अन्य सरोकारवाला तथा सर्वसाधारणको पहलमा रकम जम्मा गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।

जिल्लामा हालसम्म सबैभन्दा धेरै शिक्षकका तर्फबाट रु ४५ लाखभन्दा बढी राहत कोषमा जम्मा गरेको समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभयो । जिल्लामा हामीले रु एक करोडसम्मको राहत सङ्कलन गरी केन्द्रीय कोषमा जम्मा गर्ने लक्ष्य राखेको प्रजिअ कुरुम्वाङले भन्नुभयो ।

जिल्लामा अझै राहत सङ्कलन अभियान जारी रहेको समितिले जनाएको छ । जिल्लाबाट धादिङ र दोलखाका भूकम्पपीडितलाई रु १३ लाखभन्दा बढी मूल्यको राहत सामग्री पठाएको गैसस महासङ्घका अध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो । रासस