– मेघप्रसाद वाइवा
दक्षिण कोरिया । प्रथम मर्स्याङ्दी च्याम्पियनसीप खुल्ला नक आउट फुटबल प्रतियोगिता २०१५ को उपाधी धरान एफसीले जितेको छ ।
लम्जुङ परिवार दक्षिण कोरियाको आयोजनामा आइतबार सोयासन खेलमैदानमा भएको फाइनल खेलमा धरान एफसीले एभरेष्ट एफसीलाई १-० गोलले पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।
प्रवासी भूमिमा फुटबल खेलको संस्थागत विकास र नेपालमा गएको विनाशकारी महाभूकम्पले निम्त्याएको अतुलनीय क्षतिप्रती लक्षित राख्दै भूकम्प पीडित राहत सहयोगार्थ भन्ने मुल नाराका साथ आयोजना गरेको उक्त प्रतियोगितामा जम्मा १४ टिमको सहभागिता थियोे ।
प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाइ क्रमशः नगद १५ लाख कोरियन वन साथै शिल्ड, मेड्ल तथा प्रमाणपत्र र ८ लाख कोरियन वन, शिल्ड मेड्ल तथा प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो । भने साथमा अन्य ६ जना खेलाडीहरुलाई पनि पुरस्करको व्यवस्था गरिएको थियो ।
उक्त प्रतियोगितामा प्रमुख अतिथि महामहिम राजदूत कमन सिङ लामाको अनुपस्थितिमा नेपाली राजदुतावास दक्षिण कोरियाको प्रतिनिधिको रुपमा श्रम सहचारी अनिल गुरुङको आतिथ्यमा औपचारिक उद्घाटन भएको थियो ।
















प्रतिक्रिया