– विजय थापा
वाशिंगटन डिसी । अफ्रिकन राष्ट्र मदागास्कारमा गैर आवासीय नेपाली संघको ७१औ शाखा गठन भएको छ । उक्त राष्ट्रमा रहेका नेपालीहरुको गत सप्ताहान्तमा भएको भेलाले एनआरएनए राष्ट्रिय समन्वय समिति मदागास्कारको गठन गरेका छन् ।
एनआरएनएका अफ्रीका क्षेत्रीय संयोजक हिक्मत थापाका अनुसार शिवराज कँडेलको अध्यक्षतामा गठन भएको राष्ट्रिय समितिमा धनराज साँवा उपाध्यक्ष, दिपेन्द्र खतिवडा महासचिब, रमेश राई सचिब, पूर्ण बहादुर खडका कोषाधक्ष्य र सदस्यहरुमा रमेश राना थारु, धन बहादुर थापा, पेम्बा शेर्पा, गणेश सम्बाहाम्फे, कृष्ण देव, हेम बहादुर बुढाथोकी, चन्द्र बहादुर खडका र योगेन्द्र बोगटी रहेका छन ।
त्यसै गरि आंग गेल्ज़ी शेर्पा र कर्ण शेर राई सल्लाहकारमा चयन हुनु भएको छ । भेलाले नेपालका भूकम्प पीडितका लागि रु ३ लाख ७० हजार सहयोग संकलन गरि एनआरएनए राहत कोष मार्फत नेपाल पठाएको छ ।
















प्रतिक्रिया