२९ आश्विन २०८३, बिहिबार

विमान आक्रमणमा सर्वसाधारण मारिएको दाबी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pakistan-sena-helicoptorइस्लामाबाद, ४ जेठ । उत्तरी वाजिरिस्तानको आदिवासी इलाकामा हालै भएको अमेरिकी चालकरहित विमान आक्रमणको सोमबार पाकिस्तानले निन्दा गरेको छ ।

सो आक्रमणमा परी कम्तीमा छजना सर्वसाधारण मारिएको पाकिस्तानको भनाइ छ । उत्तरी वाजिरिस्तानको आदिवासी इलाकाको सावाल पहाडी क्षेत्रमा अमेरिकी चालकरहित विमान आक्रमण भएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

उक्त हवाई आक्रमणमा परी विदेशी नागरिकको समेत मृत्यु भएको जनाइएको छ ।

सो आक्रमणपछि पाकिस्तानी विदेश मन्त्रीद्धारा प्रकाशित विज्ञप्तिमा भनिएको छ– पाकिस्तानको सार्वभौमिकता र अखण्डतालाई उल्लङ्घन हुनेगरी गरिएको यसप्रकारको आक्रमणको हामी निन्दा गर्छौँै ।

गत जुन महिनादेखि पाकिस्तानी तालिवान र अन्य आतङ्ककारी समूहका विरुद्ध पाकिस्तानी सुरक्षाबलले भीषण कारबाही सुरु गरेका थिए ।

उक्त आक्रमणका कारण करिब दश लाख व्यक्ति विस्थापित भएका जनाएको छ । यस्तो हवाई आक्रमण रोक्न पाकिस्तानले बारम्बार अमेरिकासँग अपिल गर्ने गरेको जनाएको छ ।

तर अमेरिकाले यस्तो हमलालाई भने निरन्तरता दिँदै आएको छ । रासस/सिन्ह्वा