
काठमाडौं, ४ जेठ । सरकारले तत्कालको लागि दुई तलाभन्दा अग्लो घर बनाउन स्वीकृत नदिने भएको छ । भूकम्पबाट अग्लाघरहरु क्षतिग्रस्त भएको र लगातार भूकम्पको पराकम्पन आइरहेकाले सरकारले असार मसान्तसम्मका लागि दुई तला भन्दा अग्लो घर बनाउन रोक लगाएको हो ।
स्थानीय विकास मन्त्रालयले सोमबार नै सबै नगरपालिका र जिल्ला विकास समितिलाई यस्तो परिपत्र जारी गरेको छ । भूकम्पअघि निवेदन दिएर नक्सा पास भइसकेकालाई पनि काम रोक्न मन्त्रालयले परिपत्र गरेको छ ।
उसले मापदण्ड मिचेर बनाईएको घर भत्काउनको लागि मातहतको निकायलाई पत्राचार गरेको छ । वातरवरण मैत्री र भूकम्प प्रतिरोधात्मक घर बनाउने भए मात्र दुई तलासम्मको लागि स्वीकृति दिने मन्त्रालयले जनाएको छ । मापदण्ड विपरित नक्सा पास गर्ने कर्मचारीलाई कारबाही गरिने समेत मन्त्रालयको निर्णय छ ।















प्रतिक्रिया