२९ आश्विन २०८३, बिहिबार

बलात्कारपछि ४२ वर्ष कोमामा रहेकी नर्सको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aruna-55597a5fee29e_exlstनयाँदिल्ली, ४ जेठ । बलात्कारपछि ४२ वर्षसम्म कोमा उपचार गराइरहेकी एक नर्सको निधन भएको छ ।

मुम्बईको किंग एडवर्ड मेमोरियल (केईएम) अस्पतालमा ४२ वर्षदेखि कौमामा उपचार गराइरहेकी ६० वर्षीय नर्स अरुणा शानबागको निधन भएको छ ।

उनलाई तीन दिनदेखि चिकित्सको सल्लाहमा भेन्टिलेटरमा राखिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार शानबाग निमोनिया रोगबाट ग्रसित थिईन् । उनको उपचार भइरहेको थियो ।

उपचारकै क्रममा सोमवार विहान उनको मृत्यु भएको हो । शानबागको मृत्युपछि मुम्बईको केईएम अस्पताल शोकमग्न बनेको छ । अरूणा शानबाग केईएम अस्पतालकी नर्स थिईन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार अरुणाको ४२ वर्ष पहिले बलात्कार भएको थियो । ४२ वर्ष पहिले नर्स अरुणा शानबागलाई अस्पतालकै वार्ड ब्वाईले आक्रमण गरेर साङलोले बाँधेर बलात्कार गरेका थिए ।

त्यसपछि उनी अपांग बनिन् र बोल्न नसक्ने भइन् । त्यही बेलादेखि उनलाई अस्पतालमा भर्ना गरियो ।

अस्पतालमा उनको अवस्था झन विग्रियो । यसअघि शानबागले मृत्यु इच्छा गरेकी थिईन् । तर उनको इच्छालाई अदालतले अस्वीकार गरेको थियो । नर्सको मृत्यु भएपछि भारत नै शोकमग्न बनेको छ । एजेन्सी