काठमाडौं, ४ जेठ । सर्वसाधारणको सुरक्षामा खटिएका प्रहरी आफै असुरक्षित बनेका छन् । उनीहरुलाई अपराधीले आफ्नो निशाना बनाउन थालेका छन् । भर्खरैमात्र ड्युटीमा खटिएकी एक महिला प्रहरीलाई पाँच जना युवकले अपहरण गरेर सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
ड्युटी खटिएका बेला एक्लै अवस्थामा रहेकी ति महिला प्रहरीलाई चार/पाँच जनाको समुहले उठाएर आँखा पट्टी बाँधेर घना जंगलमा लगेका थिए । त्यहाँ उनीहरुले पालैपालो अप्राकृतिक तरिकाले सामुहिक बलात्कार गरेको दिल्ली प्रहरीले जनाएको छ ।
यो केही समय पहिलेको भएपछि अहिले मात्रै खुलासा भएको हो । ति महिला प्रहरीले पहिले यो घटना प्रहरीलाई बताएकी थिईनन् । पछि बाध्य भएर मानसिक पीडा सहन नसकेर आफै काम गर्ने कार्यालयमा बलात्कार गर्ने पाँचैजना विरुद्ध उजुरी दर्ता गरेकी हुन् ।
एसीपी क्राइम राजेश कुमारका अनुसार घटनामा आवश्यक छानविनका लागि पाँच जना अभियुक्त मध्ये चारलाई पक्राउ गरी हिरासतमा राखिएको छ । एक जना फरार छन् । बलात्कारमा संलग्न पाँचै जनालाई मृत्युदण्डको सजाय हुन सक्छ । एजेन्सी















प्रतिक्रिया