२९ आश्विन २०८३, बिहिबार

रेष्टुरेन्टले मान्छेको मासु बेच्ने गरेको खुलासा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

man-meetकाठमाडौं, ४ जेठ । विश्वका कतिपय सहरमा मान्छेको मासु खान्छन् भन्ने खबरहरु नआएका होइनन् । धेरैले मान्छेको मासु मान्छेले नै खाइरहेको खबर सायदै सुन्नुभएको होला ।

तर, यो समाचार पढ्दा मासु बच्ने गरेको कुरा सबैले थाहा पाउनुहुनेछ । यहाँ एक रेष्टुरेन्टले मान्छेको मासु बेच्ने गरेको खुलासा भएको छ । नाइजेरियाको एक रेस्टुरेन्टमा आफ्ना ग्राहकलाई मान्छेकै मासु बेच्दै गरेको अवस्थामा फेला परेको छ ।

रेष्टुरेन्टले मान्छेको मासु बेचेको थाहा पाएपछि प्रहरीले छापा मारेर बरामद गरेको छ । स्थानीय व्यक्तिहरुले रेष्टुरेन्टमा मान्छेको मासु पाक्ने गरेको जानकारी प्रहरीलाई दिएका थिए । त्यसपछि प्रहरीले त्यहाँ छापा मारेको थियो ।

छापा मार्दा रेष्टुरेन्टको प्लास्टिक झोलामा रगतले लतपतिएको मान्छेको टाउको पनि भेटिएको थियो । यो रेष्टुरेन्ट नाइजेरियाको दक्षिण–पूर्वी प्रान्त अनमबराको हो । प्रहरीले छापा मार्दा हतियार समेत बरामद गरेको छ । उक्त होटलबाट १० जनालाई गिरफ्तार समेत गरेको छ । एजेन्सी