– विजय थापा
वाशिंगटन डिसी । डिसी महानगर क्षेत्रमा स्थापना भएको उत्तर अमेरिका कै जेष्ठ संस्था अमेरिका नेपाल सोसाईटीको आयोजनामा अमेरिकाका लागी राजदूत डा अर्जुन कुमार कार्की संग व्हाइट हाउस नजदिक रहेको आर्लिंगटन पुस्तकालयमा एक अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
अमेरिकामा आएका पुर्व अधिकांस राजदुतलाई सन् १९६७ मा स्थापना भएको अमेरिका नेपाल सोसाइटीले सर्व प्रथम डिसीमा भब्य स्वागत तथा सम्मान कार्यक्रम गर्दै आएता पनि विनासकारी भूकम्पको कारण देश शोकमग्न भएकोले स्वागत तथा सम्मान कार्यक्रमलाई थाती राखिएको आयोजकले बताएका छन् ।
महाभूकम्पबाट ज्यान गुमाएकाहरुका दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै कार्यक्रममा १ मिनेट मौन धारण गरिएको थियो भने अन्य बिषयमा भन्दा नेपालको भूकम्प, सहयोग, गतिबिधि तथा आर्थिक संकलन बिषयमा केन्द्रित रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा बिदेशी अतिथिहरुमा आर्लिंगटन डेमोक्राटिक दलका सभासद अल फोन्सो लोपेजले १९७० मा आफु जन्मेको समयमा भर्जिनियामा ७२ प्रतिशत अमेरिकन (व्हाइट), लेटिनोको जनसंख्या ०.९ र एसियनहरुको जनसंख्या ०.३ रहेको भन्दै अहिले आएर ६० प्रतिशत अमेरिकन ८.७ प्रतिशत लेटिनो र एसियनहरु ५.६ पुगेको बताए । अन्य अतिथिहरुले भूकम्पमा जनधनको ठुलो क्षति प्रति गहिरो दुख व्यक्त गर्दै ठुलो आर्थिक संकलन गरिरहेको बताए ।
कार्यक्रममा भूकम्पबाट पीडित परिवारका सदस्यहरु जो अमेरिकामा कागजात नभएको कारण जान पाएका छैनन उनीहरुले भोग्नु परेका समस्या, समाधान र आप्रवाशन सम्बन्धि ऐ डा फराहानीले जानकरी गराएकी थिइन् । सभापति जीवन तिवारीले संस्थाको परिचय संक्षिप्त रुपमा दिदै राजदुत डा अर्जुन कुमार कार्कीलाई स्वागत गर्दै कार्यकालको सफलतको कामना दिए ।

कार्यक्रममा राजदुत डा कार्कीले महाभूकम्प पश्चात नेपाल सरकारले गरेको उद्धार एवं राहत कार्यकम बारेमा जानकारी गराएका थिए भने अन्तरराष्ट्रिय समुदायको ठुलो सहयोग नेपालले प्राप्त गरेको बताए ।
यस्तो बिपत कहिले पनि कल्पना पनि गरिएको थिएन भन्दै एक आपसमा एकता देखाउनु पर्ने समय भएकोले बिदेशमा बस्ने नेपाली समुदाय सबैलाई एक जुट हुनु पर्छ भनि राजदुत कार्कीले बताए ।

यस्तो कठिन अवस्थामा सरकारलाई दह्रो बनाउनु पर्छ र सरकारलाई अझ जिम्मेबारी बनाउने विदेशमा बस्ने नेपालीको हो राजदुत डा कार्कीले भने अमेरिका नेपाल सोसाइटीले ५ हजार डलरको चेक (धनादेश) नेपाली दुताबास द्वारा प्रधानमन्त्री राहत कोषमा रकम पुगोस भनि राजदुत डा कार्कीलाई हस्तान्तरण गरेको छ ।
एएनएसले अहिले सम्म जम्मा १६ हजार ८ सय ५८ उठाएको भन्दै अन्य रकम नेपालको भूकम्प पीडितलाई नेपाल पुर्याई सकेको बताएको छ भर्जिनियाको फल्स चर्चमा बसोबास गर्ने निलकण्ठ सुबेदीले झन्डै १ हजार डलर व्यक्तिगत रुपमा आफ्नो कार्य स्थलबाट संकलित रकम राजदूत कार्कीलाई हस्तान्तरण गरेका छन् भने नर्थ क्यारोलिना बाट आएका संचार कर्मी बिनय अर्यालले पनि आफ्नो कार्य स्थलमा थुप्रै सामग्री तथा रकमको संकलन गरेको जानकारी गरुदै दुतावासमा पठाउने बताए ।
डा कार्कीले मे १८ तारिख सोमबार अमेरिकाका राष्ट्रपति बाराक ओबामालाई ओहदाको प्रमाण पत्र बुझाउने र नेपालको अवस्था बारेमा कुराहरु राख्ने बताए । प्रधानमन्त्री राहत कोषमा संकलित रकम राहतको लागि मात्र खर्च गरिने जानकारी गराउदै भत्ता, नियुक्ति, यातायात आदिमा खर्च गरिने छैन भनि जानकारी दिए ।

यसैगरि गैर आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाधक्ष्य लोकनाथ तिवारीले भूकम्प पीडितलाई राहत पुर्याई आएको जानकारी गराउदै आफुले एनआरएन लाई ५ लाख दिएको भन्दै आगामी दिनमा आफ्नो ब्यबसायबाट संकलित रकम बाट १० हजार डलर दुतावासलाई दिने बताए ।
उक्त अन्तरक्रिया कार्यक्रममा भर्जिनिया लाउडन काउन्टीका डलस जिल्ला सभापति तथा लेख परीक्षक हरि शर्माले अमेरिकामा जम्मा भएको रकम नेपाल भित्र्याउदा पर्ने प्राबिधिक तथा कानुनी कुराहरुमा चर्चा गरेका थिए भने नेपाल गएर भूकम्प पीडितलाई उद्धार गर्नेलाई नेपाली समुदायले हौसला प्रदान स्वरुप उनका परिवारलाई समेत प्रोत्साहन गर्नुपर्ने बताए ।
राजदूत कार्कीले बिशेष आर्थिक सहयोग गर्नेलाई राष्ट्रपतिबाट सम्मान गर्ने योजना समेत रहेको बताए । उक्त अन्तरक्रिया कार्यक्रममा एएनएस बिनोद तथा सावित्री छात्रवृतिमा बिजयी हुने बिद्यार्थीहरुलाई प्रमुख अतिथि राजदूत डा कार्की द्वारा प्रमाण पत्र प्रदान गरिएको थियो ।
१२ जना प्रतियोगीतिहरुमा यस बर्षमा प्रथम हुने उपासना अधिकारीले २ हजार डलर तथा दोस्रो हुने सयस भट्टराईले १ हजार डलर पुरस्कार जितेका छन् । कार्यक्रमको सभापतित्व संस्थाका सभापति जीवन तिवारी, कार्यक्रम संचालन सयुक्त रुपमा संचार संयोजक सुजित अर्याल महासचिब प्रेम पौडेल तथा शिक्षा बरालले गरेकी थिइन् ।
















प्रतिक्रिया