३० आश्विन २०८३, शुक्रबार

सकेको गरौ, अरुको भर नपरौ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hemraj-dhakal

नेपाली इतिहासमा कहिल्यै भुल्न नसकिने एउटा दिन बनेर गएको २०७२ बैशाख १२ । ५ लाख मानिसलाइ घरवारविहीन, ८ हजार ३ सयको मृत्यु, २० हजार हराहारीमा घाइते बनाउने प्राकृतिक महा बिपत्तिले ३ करोड नेपालीको मन दुखायो । १२ गते देखि लगातार आइरहेको भूकम्पको धक्काले झन् मानिसको मानसिकतामा त्रास फैलिएको छ ।

यस्तो बिपत्तिको घडीमा राज्य अन्य गैरसरकारी निकायले सबै स्थानमा समयमा उद्धार, उचित राहत पुर्याउन नसकेको भने पक्कै हो । तर बिपत्तिको केहि दिनपछि दैनिक जीवनमा आवश्यक पर्ने अतिआवश्यक खाद्य सामाग्री, पाल, औषधि लगायतका बस्तुहरु प्रभावित क्षेत्रमा थोरै भएपनि पुगेको भने छ । यस्तो संकटको घडीमा सुरुमा केही अन्योलता भएपनी अन्य मुलुकहरुको सहयोगमा नेपाल सरकारले गरेको पहल सकारात्मक नै थियो । तर हामी आफ्नो तर्फबाट चाहिँ सामाजिक उत्तरदायित्व पूरा नगरी सरकारलाई सामाजिक संजालमा गालि गरिरहेका थियोे र अहिले पनि छौ ।

विदेशी राष्ट्रबाट घोषणा भएको सहयोगका रकम सबै सुशील कोइराला, केपी ओली र प्रचण्ड को खातामा गए जसरी हामी चियापसलमा गएपछि गफ दिन थाल्छौ । हामी एउटा सचेत नेपाली नागरिक हो भने छातीमा हात राखेर भनौ यो भूकम्पको महाबिपत्तिमा कस्ले देशको लागि समय दियो ? जो समाज सेवामा लागेको छ उसको मात्र दायित्व हो या नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निजामती कर्मचारीको मात्र ? कि एउटा सामान्य नागरिकको पनि कर्तव्य हो ? आफैले बिचार गर्नुहोस् ।

विदेशी राष्ट्रबाट घोषणा भएको सहयोगका रकम सबै सुशील कोइराला, केपी ओली र प्रचण्ड को खातामा गए जसरी हामी चियापसलमा गएपछि गफ दिन थाल्छौ । हामी एउटा सचेत नेपाली नागरिक हो भने छातीमा हात राखेर भनौ यो भूकम्पको महाबिपत्तिमा कस्ले देशको लागि समय दियो ? जो समाज सेवामा लागेको छ उसको मात्र दायित्व हो या नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निजामती कर्मचारीको मात्र ? कि एउटा सामान्य नागरिकको पनि कर्तव्य हो ? आफैले बिचार गर्नुहोस् ।

दुःखमा देश हुँदा चिया पसल र भट्टीमा गएर अर्काले दिएको राहतको बिरोध गर्ने कि आफुले पनि केहि गर्ने भन्ने सोच धेरैले बुझ्न जरुरी छ । अरुले दिएका चामल र दाल छउन्जेल मात्र भात खाने कि भबिष्यबारे पनि सोच्ने त्यो समय आइसकेको छ । आफ्नो परिवार र आफू बस्ने छाप्रो अर्कैले आएर बनाइदिन्छ भनेर दिनभर तास खेलेर बस्नेकी भत्किएको घरको काठ निकालेर बस्ने बाँस बनाउने भन्ने अब आफैले सोच्नु पर्दछ । हाम्रो देश यति शक्तिशाली छैन जो तपाईंले सोचे जस्तो तुरुन्तै आजको भोलि बिकास हुने त्यसैले आफ्नो गाउघरको पुनर्निर्माणको लागि सरकारको मुख ताक्नु भन्दा समुदाय मिलेर अगाडि बढनु पर्ने अहिलेको समयको आवश्यकता देखिन्छ ।

अर्कोतिर राहत राहत भनेर माग्नु भन्दा आएको राहको सदुपयोग गर्नु पनि हाम्रो दायित्व हो । कतै खान नपाएर मानिस मरिसकेको खबर सुन्दै गर्दा तपाईं राहतको नाममा थुपारेको चामल किरा परेर फ्याक्नु पर्यो भने के गर्नु हुन्छ ? कतै पाल–पाल भनेर एक दर्जन पाल थुपार्ने कहि पाल नभए चिसोले सानाबाबु नानू बिरामी भएको खबर सुन्दा के त्यो पाल वा टेण्ट मरेपछि पक्कै तपाईंलाई कात्रो त त्यो पाल हुँदैन होला ।

यो मैले कोहि व्यक्ति वा समुदायलाई भनिरको होइन जो राहत पाएर पनि पाइन भन्दै हिँडेका छन् ती र भूकम्प पीडित नै नभई राहत लिनेहरुलार्इ मात्र भनेको हु । यो मेरो मात्र होइन धेरै नेपालीको मनले भनेको छ । दिनेले दियो भन्दैमा घरमा लगेर चामल, दालमा किरा पार्नु राम्रो कि अन्य ठाउको भूकम्प पीडित जसले खान पाइरहेका छैनन् उतै पठाउन राम्रो आफैले सोचौ ।

अर्को कुरा राहत दिनेले पनि सस्तो लोकप्रियताको लागि भौगोलिक रूपमा सहज र सडक पुगेको ठाउमा मात्र दिने जहाँ २ जनाको परिवारलाई ५/६ बोरा चामल भाग आइसकेको स्थानमा दिने कि खान नपाएर भोकाएका मानिसलाई दिने सोच्नु पर्ने समय आएको छ । जो आर्थिक रूपमा सबल छ उसको पहुँच पनि राहत लिनेमा अगाडि देखिएकाले भूकम्प पीडित भएपनी खान पुग्ने र नपुग्ने छाप्रो बनाउन सक्ने र नसक्ने बीचको अन्तर सहयोग गर्ने दाताले जान्न जरुरी छ जस्तो लाग्द्छ । राज्यले दिने सेवा र सुबिधा पनि सहर र गाउँका पीडितको अवस्था बुझेर दिनु पर्दछ ।

नेपालीमा एउटा उखान छ ‘जहाँ गहिरो त्यही पानी’ भने जस्तो पैसा हुनेलाइ धेरै दिने नहुनेलार्इ दिँदै नदिने नीति लागू हुनु हुँदैन । प्राकृतिले निम्त्याएको यो बिपत्तिमा हामी ५/६ लाख नेपाली घरबिहिन भएका छौ तर घर नहुनु भन्दा पनि आफन्त गुमाउनु ठुलो पीडा भएका समुदायमा भएका त्यस्ता व्यक्तिहरुको पीडामा मलम लगाउने काम गरौ । धन कमाउने तिर भन्दा पनि मर्दा मलामी कमाउने काम गरौ । यहि हो वास्तविक धर्म र सच्चा नागरिकको कर्तव्य ।