२९ आश्विन २०८३, बिहिबार

विमानस्थलनजिकै बम विस्फोट, २ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kabul- काबुल ३ जेठ । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित विमानस्थलनजिकै आइतबार बिहान विदेशीबललाई लक्ष्यगरी गरिएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ ।

सो आक्रमणमा परी अन्य कम्तीमा १८ व्यक्ति घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयाअनुसार आइतबार बिहान ९ बजे विदेशीबलको एक समूहलाई लक्ष्यगरी काबुल विमानस्थलनजिकै एक आत्मघाती आक्रमण भएको काबुल प्रहरी प्रवक्ता इबादुल्लाह करिमीले एएफपी समाचार समितिलाई बताउनुभएको छ ।

विदेशीबललाई लक्ष्यगरी गरिएको यस आक्रमणमा दुई महिलाको मृत्यु हुनुको साथै अन्य १८ जना घाइते भएका छन् । घाइते सबै सर्वसाधारण नागरिक रहेका पनि जनाइएको छ ।

kabul-blastघाइते मध्य पनि तीनजना बालबालिका रहेका छन् । गत बुधबार पनि काबुलमा रहेको एक अतिथिगृहमा भएको आक्रमणमा विदेशी नागरिकसहित १४ व्यक्तिको मृत्यु भएको थियो ।

राजधानी काबुलको कोलोला पुस्ता क्षेत्रमा अवस्थित पार्क प्यालेस गेस्ट हाउसमा स्थानीय समयानुसार बुधबार राति ८ः३० बजे सो आक्रमण भएको थियो । रासस/एएफपी