२९ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्री राहत कोषमा ५२ लाख जम्मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisaतुलसीपुर (दाङ), ३ जेठ । भूकम्पपीडितको सहयोगका लागि दाङबाट अहिलेसम्म रु ५२ लाख प्रधानमन्त्री राहत कोषमा जम्मा भएको छ ।

प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले दिएको जानकारीअनुसार हालसम्म सरकारी तथा निजी क्षेत्रबाट गरी रु ५२ लाख ४८ हजार प्रधानमन्त्री राहत कोषमा जम्मा भएको छ ।

विभिन्न संस्था, व्यक्ति र सरकारी कर्मचारीले भूकम्पपीडितलाई आर्थिक सहयोगस्वरुप राहत कोषमा रकम जम्मा गर्ने क्रम चलिरहेको जिल्ला प्रशासन कार्यालयका लेखापाल बालचन्द्र गौतमले जानकारी दिनुभयो । उपसचिव र सहसचिवस्तरका सरकारी कर्मचारीले १० दिनको र अन्य कर्मचारीले पाँच दिनको तलब भूकम्पपीडितलाई सहयोग गरेको उहाँले बताउनुभयो ।

यसैबीच नागरिक समाज दाङले पनि भूकम्पपीडित सहयोगार्थ ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ । समाजका संयोजक टीकाराम रेग्मी र सचिव चन्द्रराज पन्तले प्रमुख जिल्ला अधिकारी पौडेललाई सो सहयोग दिनु भएको हो ।

त्यस्तै जनताको तटवन्ध कार्यालयले रु ३० जार ६३३, रोजगार सूचना केन्द्र दाङले आठ हजार २५१ रुपैयाँ ६७ पैसा र व्यावसायिक सीप विकास तालिम केन्द्र तुलसीपुरबाट ४७ हजार ३०१ रुपैयाँ ६७ पैसा जम्मा गरेको गौतमले जानकारी दिनुभएको छ ।

यस्तै जिल्लाका विभिन्न व्यक्ति र संस्थाले प्रभावित विभिन्न जिल्लामा पुगेर आफँै राहत वितरण गर्ने प्रक्रिया पनि जारी रहेको प्रशासनले जनाएको छ । अहिलेसम्म दाङ जिल्ला उद्योग वाणिज्य सङ्घ, त्यस्तै गढवा, राप्ती, देउखुरी, नारायणपुर र तुलसीपुर उद्योग वाणिज्य सङ्घले पनि भूकम्प प्रभावित जिल्लामा पुगेर खाद्यान्न र त्रिपाल बाँडेको छ ।

यस्तै राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति, राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समिति, सोनापुर सिमेन्ट उद्योग, माँ भद्रकाली युवा क्लब तुलसीपुर, गोर्खा गु्रप, घोराहीका युवा व्यवसायीहरु, मध्यपश्चिमका चर्चहरु, मुक्त कमलरी विकास मञ्च, लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्था सिसहनियाले पनि विभिन्न राहत सामग्री प्रभावित क्षेत्रमै पुगेर वितरण गरेका छन् ।

उनीहरुले सिन्धुपाल्चोक, काठमाडाँै, धादिङ, गोरखा, नुवाकोटलगायतका जिल्ला उक्त राहत सामग्री जिल्ला प्रशासन कार्यालयको अनुमति तथा समन्वयमा वितरण गरेको प्रशासनका लेखापाल गौतमले जानकारी दिनुभएको छ । रासस