१५ कार्तिक २०८३, आइतबार

सरकारले कहाँबाट कति सहयोग आयो र कसरी वितरण भयो, जनतालाई स्पष्ट पार्नुपर्छ–अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli

काठमाडौँ, ३ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भूकम्पपीडितका लागि सरकारले गरिरहेको राहत वितरणको कार्य प्रभावकारी नभएको बताउनुभएको छ ।

बाइसौँं मदन आश्रित स्मृति दिवसका अवसरमा आज पार्टी कार्यालय मदननगर बल्खु परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारको प्रमुख घटक भए पनि कहाँबाट कति राहत आएको छ कसरी वितरण भइरहेको छ भन्नबारेमा जानकारी नभएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरकारले राहत वितरणमा सबैलाई समेटेर लान सक्नुपर्छ, कहाँबाट कति सहयोग आयो र कसरी वितरण भइरहेको छ भन्नेबारे जनतालाई स्पष्ट पार्नुपर्छ ।” उहाँले मनसुन अगावै पुनःस्थापनाको काम पूरा गर्न सरकारलाई आग्रह गर्नुभयो ।

एमालेका महासचिव ईश्वर पोखरेलले जननेता मदनकुमार भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद थप सान्दर्भिक भएको र त्यसलाई पार्टीले दृढताका साथ कार्यान्वयन गर्ने बताउनुभयो । कार्यक्रममा अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्षद्वय वामदेव गौतम र विद्यादेवी भण्डारी लगायतले २०५० सालमा आजैका दिन चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा निधन हुनुभएका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गर्नुभएको थियो ।

यसैबीच भूकम्पपीडितका लागि राहत र पुनःस्थापनालगायत विषयमा छलफल गर्न अहिले पार्टी कार्यालयमा राखिएको त्रिपालमा एमालेको स्थायी कमिटीको बैठक बसिरहेको छ । भूकम्पका कारण एमाले मुख्यालय क्षतिग्रस्त भएको छ ।  रासस