२९ आश्विन २०८३, बिहिबार

धर्मगुरुले नुहाइरहेका महिलाको नाङ्गो भिडियो खिच्दा…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pornवासिङटन, ३ जेठ । कुनै बखत महत्वपूर्ण अर्थोडक्स राबीले यहुदीको धार्मिक नुहाइका लागि महिलाको कपडा परिवर्तन गर्ने कोठामा गोप्य रूपमा दर्जनौँ महिलाको भिडियो बनाएको आरोपमा निजलाई छ वर्ष छ महिनाको कारावासको सजायँ तोकिएको छ ।

राबी बर्नाड फ्रन्डलले १५० महिलाको यस्तो भिडियो तयार गरेकामा सुनुवाइका समयमा एक दर्जनभन्दा बढीले बयान दिएका थिए । निर्णय सुनाउनुअगाडि फ्रन्डलले न्यायाधीशलाई आफ्नो कामबाट आफू निराश भएको र आफू निन्दाको पात्र भएको बताए ।

राबीले आफू आफ्नो कार्यबाट दुखी भएको बताए । सरकारी वकिलहरूले फ्रन्डललाई १७ वर्षसम्म कारावासको सजायँ हुनुपर्ने माग गरेका थिए । रासस/एपी