२९ आश्विन २०८३, बिहिबार

कालोबजारी गर्नेलाई नछोड्ने : कृषिमन्त्री पराजुली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hari Parajuliकाठमाडौँ, २ जेठ । कृषि विकास मन्त्री हरीप्रसाद पराजुलीले रासायनिक मल, बीउबिजन एवम् पशुपक्षीको रोग विरुद्धका औषधिको कालोबजारी गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्ने बताउनुभयो ।

मन्त्री पराजुलीले रासससँग कुरा गर्दे आपतकालिन अवस्थामा वितरण गर्न लागिएका उक्त सामग्रीमा कालोबजारी गर्ने कोही पनि कानुनबाट उम्कन सक्दैनन् भन्नु भयो ।

वैशाख १२ गते आएको विनाशकारी भूकम्पका कारण सरकारले किसानलाई धान तथा वर्षे तरकारी बालीको बीउबिजन र सहुलियत दरमा रासायनिक मल वितरण गर्ने ब्यबस्था मिलाएको छ ।

सरकारले १५० मेट्रिक टन विभिन्न जातका धानका बीउ निःशुल्क वितरण गर्न लागेको छ भने ५५ हजार मेट्रिक टन रासायनिक मल सहुलियतदरमा किसानलाई बिक्री वितरणको व्यबस्था मिलाएको छ ।

एकसय ५० मेट्रिक टन धानका बीउ र सहुलियतदरमा ५५ हजार मेट्रिक टन रासायनिक मल तथा मृत पशुहरुको व्यवस्थापन र घाइते पशुको उपचारमा उपलब्ध गराइएको भ्याक्सिनेसनमा कालो बजारी हुनसक्ने आशङ्का गरिएको छ ।

अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरी) ले भूकम्प प्रभावित क्षेत्रका लागि १०० मेट्रिक टन धानका विभिन्न जातका बीउ उपलब्ध गराउने भएको छ । रासस