काठमाडौं । विश्वमा नयाँ नयाँ प्रविधिहरु पत्ता लगिरहेका छन् । ति प्रविधिको प्रयोग समेत बढीरहेको छ । तर कतिपय अवस्थामा प्रविधिको प्रयोग गर्न नजान्दा जीवन नै गुमाउनुपरेका घटनाहरु सार्वजनिक हुने गर्छन् ।
भर्खरै मात्र मोबाइलको नयाँ प्रविधि सेल्फी प्रयोग गर्दा एक युवतीको ज्यान गएको छ । लण्डनको रोमानिया सहरमा फेसबुकमा राख्न सेल्फी खिच्दा १९ वर्षीया अन्ना उर्सूको ज्यान गएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
ति युवती सेल्फी खिच्न रेलको माथि छतमा चढेकी थिईन् । जहाँ उनी हाईटेन्शन विद्युत तारमा ठोक्किएर जलेकी थिईन् ।
डेली मेलका अनुसार अन्ना आफ्ना साथीसँग इयासी शहरको रेल स्टेशन मा रोकिरहेको अवस्थामा एक रेलको छतमा चढेकी थिईन् । त्यहाँ उनी फेसबुकमा पोस्ट गर्नका लागि स्टाइलिस सैल्फी खिच्न चाहन्थिन ।
रेलको माथि छतमा उनी २७ हजार भोल्टको हाईटेन्शन विद्युत तारमा ठोक्किएपछि आगोे लागेर तल झरेकी थिईन् । उनकी साथीपनि बिजुलीको झटका लागेर रेलबाट टाढा हुत्यायो ।
घाइते दुबैलाई पछि अस्पताल लगिएको थियो । जहाँ ५० प्रतिशत शरीर जलेकी अन्नाको मृत्यु भयो । अन्नाकी साथीले बताएअनुसार फेसबुकमा पोष्ट गर्न उनी राम्रो सेल्फी लिन चाहन्थिन । तर विजुलीको करेन्टले उनको ज्यानै गयो । एजेन्सी













प्रतिक्रिया