२९ आश्विन २०८३, बिहिबार

मदन भण्डारी गोल्डकपको उपाधिका लागि आयोजक र चर्च व्वाईज भिड्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

football-madhan-bhandari– सुमन घिमिरे

उर्लाबारी, २ जेठ । चर्च व्वाईज युनाईटेड र आयोजक टिमबिच मोरङको उर्लाबारीमा जारी चौथो मदन भण्डारी स्मृति गोल्डकपको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ ।

आज भएको दोस्रो तथा अन्तिम सेमिफाईनल खेलमा चर्च व्वाईजले भारतको दार्जेलिङ ११ लाई ४ – २ गोलले हराउँदै आयोजक टिमसँगको उपाधि भिड्रन्त पक्का गरेको हो । निकै नै प्रतिस्पर्धात्म्क आजको खेलमा चर्च व्वाईजले अग्रता लिएको थियो ।

चर्च व्वाईजका राजिब गुरुङले खेल सुरु भएको ३ मिनेटमै गोल गर्दै आक्रमक सुरवात दिलाएका थिए । यस्तै पहिलो हाफकै ४१ औ मिनेटमा जाङबो शेर्पाले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । तर दोश्रो हाफको सुरवातमै क्याप्टेन वाङदेन लामाले गोल गर्दे दर्जोलिङलाई खेलमा फर्काएका थिए । दार्जेलिङका लागि दोस्रो हाफको १८ औ मिनेटमा प्रनेश देवानले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

निर्धारित ९० मिनेटको समयमा दुबै टिमबाट २÷२ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप गरिएको १५ मिनेटको अतिरिक्त समयको पहिलो हाफको छेठौ मिनेटमा चर्च व्वाईजका वर्षात् गुरुङले गोल गर्दै टिमलाई ३ – २ को अग्रता दिलाएका थिए ।

त्यस्तै अतिरिक्त समयको दोश्रो हाफको तेश्रो मिनेटमा जाङबो शेर्पाले नै गोल गर्दै टिमको जित सुनिश्चित पारेका थिए । उपाधि भिडन्त पर्सी जेठ ३ गते हुनेछ । गत बैशाख २७ गतेदेखी सुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरि ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार रुपैयाँ र उपविजेताले १ लाख रुपैया सहित ट्रफि र मेडल प्राप्त गर्नेछ ।