मुम्बई । सेक्स भिडियोमा खेलेकी पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनी अहिले चर्चामा छिन् ।
पोर्न छविका कारण बेला बेला चर्चामा आइरहने सन्नीविरुद्ध खुल्ला रुपमा सेक्स गरेर अश्लीलता फैलाउन खोजेको आरोपमा गोवाको मार्गो टाउन थानामा मुद्दा दर्ता भएको हो ।
टाइम्स अफ इण्डियाका अनुसार गोवाका स्थानीय अरुण पारुलेकरले पोर्न वेबसाईट चलाएर अश्लीलता फैलाउने काम गरेको भन्दै सन्नीविरुद्ध मार्गो टाउन शहरको एक पुलिस थानामा मुद्दा दर्ता गरिएको हो ।
मुद्दा दर्ता भएपछि सन्नी लियोनी अहिले मुश्किलमा परेकी छिन् । उनलाई कानुनका जानकारहरुले कडा कारवाही गर्न दबाब समेत दिइरहेका छन् । अश्लीलताले बलात्कार जस्तो जघन्य अपराध बढ्दै गएको निष्कर्ष समेत उनीहरुले निकालेका छन् । एजेन्सी
















प्रतिक्रिया