२९ आश्विन २०८३, बिहिबार

भूकम्प पीडितलाई अमेरिकाका नेपालीको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rahat-america

काठमाडौं । नेपालका भूकम्प पीडितलाई सहयोग गर्न अमेरिकाको एक टोली नेपाल आएको छ ।

नेपाली समाज अमेरिका टेक्सास डालासको सहयोगमा नेपालका भूकम्प पीडितलाई सहयोग गर्न टेक्सासदेखि आएको बल जोशी, कृष्ण प्रसाद लामिछाने र गौरब श्रेष्ठको टोलीले बुधबार काभ्रेमा राहत सामग्री वितरण गरेको हो ।

टोलीले अमेरिकाको टोलीले काभ्रेको काशिखन्ड नगरपालिकाको कार्यालय परिषदबाट भूकम्प पीडितहरुलाइ राहत हस्तान्तरण गरेको हो ।

Rahat-america-1

काशिखन्ड नगरपालिकाका ४, ६, ७, ८, ९ वडा र अन्य छिमेकी गाविस समेतलाई राहत प्रदान गरिएको टोलीका सदस्य गौरब श्रेष्ठले जानकारी दिनुभयो । राहत बितरणमा अहिलेसम्मकै पारदर्शी र नमूना तरिकाले बितरण गरिएको स्थानीयले बताएका छन् ।

अमेरिकन टोलीले अधिकाशं दलित, जनजाती र निम्न वर्गका व्यक्ति र घरबार बिहिनलाई लक्षित गरेर राहत बाँडेको थियो । उक्त अमेरिकन टोलीले सिन्धुपाल्चोक, गोर्खा, भक्तपुर, नुवाकोट र काभ्रेलाई समेत राहत बितरण गरिसकेको छ ।

अब दोलखा लगायत अन्य जिल्लाको पीडित वर्गसामु पुग्ने उक्त टोलीको लक्ष्य छ । साथमा सृृजनशील नेपालको समेत भुमिका रहेको छ ।

Rahat-america-2