२९ आश्विन २०८३, बिहिबार

आयोजक टिम मदन भण्डारी गोल्डकपको फाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Football-madan-bhandari-goldcup (1)

– सुमन घिमिरे
उर्लाबारी, ३१ बैशाख । आयोजक टिम मोरङको उर्लाबारीमा जारी चौथो मदन भण्डारी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

विहीबार भएको पहिलो सेमिफाईनल खेलमा डिफेण्डिङ च्याम्पियन झापाको दमक फुटबल क्लबलाई १-० गोलले हराउँदै आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठानको टिम फाईनलमा पुगेको हो । आयोजकलाई फाईनल सम्म पुर्याउन सुनिल खड्काले पहिलो हाफको. १५ औं मिनेटमा गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।

निकै नै प्रतिस्पर्धात्मक खेलमा दमकले गोल गर्ने थुप्रै मौका पाएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा अन्तत ः पराजित बन्न पुग्यो । दमकले दोश्रो हाफमा पेनाल्टीको अवसर पाएपनि त्यसलाई गोलमा परिणत गर्न सकेन । दमकका स्ट्राईकर प्रकाश बुढाथोकीले प्रहार गरेको बल पोष्ट बाहिर लाग्दा बराबरी गर्ने अवसर गुमाएको थियो ।

दमकले आक्रमक खेल पस्केको थियो भने आयोजक टिमले रक्षात्मक खेल खेलेको थियो । दमकले केही राष्ट्रिय खेलाडीलाई लिएर मैदान उत्रेको थियो भने आयोजक टिमको तर्फबाट यु १६ राष्ट्रिय टिमका पूर्वकप्तान हेमन्त थापामगर सहित केही राष्ट्रिय युवा खेलाडी मैदानमा उत्रिएका थिए ।

आयोजकले अब उपाधिका लागि भोली हुने चर्च ब्वाईज युनाईटेड काठमाण्डौ र भारतको दार्जेलिङ ११ बिचको दोश्रो सेमिफाईनलको बिजेतासँग जेठ ३ गते प्रतिस्पर्धा गर्नेछ । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको स्मृतिमा प्रत्येक वर्ष फुटबल प्रतियोगिता आयोजना गरिदै आइएको छ ।

Football-madan-bhandari-goldcup (2)

Football-madan-bhandari-goldcup (3)