१५ कार्तिक २०८३, आइतबार

अमेरिकी हेलिकप्टर तामाकोशीमा खसेको आशंका, ‘सुनखानीमा ठूलो आवाज सुनियो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Operice-helicopter-america
फाइल फोटो

 

काठमाडौँ, ३१ बैशाख । मंगलबार दिउँसोदेखि हराइरहेको अमेरिकी सेनाको हेलिकप्टर तामाकोशी नदीमा खसेको आशंका गरिएको छ । नदीमा खसेको आशंकामा बिहीबार पनि दिनभर ४० भन्दा बढी डुङ्गा प्रयोग गरी खोजी गरिएको नेपाल प्रहरीले जनाएको छ ।

चरिकोटस्थित बर्दबहादुर गणका सेनानी राजन दाहालले दोलखाको सुनखानी गाविस नजिकै तामाकोसी नदीमा हेलिकप्टरको खोजी भइरहेको जानकारी दिए । उनका अनुसार, खोजी कार्यमा दुई सयभन्दा बढी सैनिक परिचालन गरिएको छ ।

स्थानिय वासिन्दाले सुनखानी गाविस वरपर ठूलो आवाज आएको जानकारी दिएपछि उक्त हेलिकप्टर खसेको आशंंका गर्दै सेनाले नदीमा खोजिकार्य थालेको हो ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी कमलसिंह बमले स्थल र हवाई गस्तीबाट हेलिकप्टरको खोजी भइरहेको जानकारी दिए । उनका अनुसार, स्थानीय प्रहरी पनि खोजी कार्यमा लागेको छ । सिन्धुपाल्चोक र दोलखाको सिमानामा नभेटिए शुक्रबारबाट अन्य क्षेत्रमा पनि खोजी गरिने उनले बताए ।

पहिरोले पुरेको भए पनि भेटिनुपर्ने हो, नदीमा डुबे पनि हेलिकप्टर पुर्ने त्यति गहिरो ठाउँ छैन । चिनियाँ क्षेत्रमा पुगे पनि चीनले अहिलेसम्म खबर गरेको छैन । नेपाल प्रहरीका एक अधिकारीले भने ।

मंगलबार दिउँसोबाट हराएको हेलिकप्टरमा २ नेपाली र छ जना अमेरिकी सैनिक रहेको बताइएको छ । हेलिकप्टर अहिलेसम्म पनि नभेटिँदा यो झनै रहस्यको विषय बनिरहेको छ ।