३० आश्विन २०८३, शुक्रबार

बर्दियाबाट प्रधानमन्त्री राहत कोषमा १७ लाख जम्मा गरियोे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisa

– सुदीप अधिकारी
बर्दिया, ३१ बैशाख । महाभूकम्पमा परेका पीडितहरुका राहत जम्मा गर्ने क्रम बर्दियामा जारी रहेको छ । भूकम्पपीडितका लागि जिल्लामा हालसम्म १७ लाख २२ हजार १ सय २० रुपैँया संकलन भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

राहतस्वरुप संकलन भएको उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला दैविक प्रकोप उद्धार समितिको बैठकले जिल्लामा कार्यरत सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी, उद्योगी, व्यापारी, समाजसेवी लगायत सर्वसाधारणलाई राहत जुटाउनका लागि आह्वान गरेको थियो । संघ, संस्था, कार्यालय र व्यक्तिगतरुपमा समेत भूकम्पपीडितका लागि राहत संकलन भइरहेको बताइएको छ ।

जिल्लामा रहेका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयबाट रकम जम्मा हुने क्रम जारी रहेको बताइएको छ । संकलन भएको राहत रकम सिधै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले बताए ।