२९ आश्विन २०८३, बिहिबार

भूकम्प पीडितलाई अर्घाखाँची प्रवासी मञ्चको २ लाख राहत सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aarghakhachi-rahat (1) साउदीअरब । भूकम्प पीडतलाई अर्घाखाँची प्रबासी सम्पर्क मञ्चले साउदी अरबबाट दुई लाख रुपैयाँ राहत सहयोग नेपाल पठाएको छ ।

भूकम्प पीडितको सहयोगार्थ मञ्चले उक्त राहत रकम मंगलबार प्रधानमन्त्री दैवी उद्दार कोषमा जम्मा गरेको हो । मञ्चले नेपालमा आएको ठूलो भूकम्पको पीडामा रहेका नेपाली दाजूभाई दिदीबहिनीहरुको घाउमा मलम लगाउन साउदी अरबमा राहत संकलन अभियान सुरु गरेर संकलित राहत रकम नेपाल पठाएका हो ।

साथै अर्घाखाँची प्रवासी सम्पर्क मञ्चले भूकम्पले राजधानी सहित देशका बिभिन्न भूभागका बस्तीमा पुर्‍याएको ठुलो बिनाश र जनधनको क्षतिप्रति गहिरो शोक समेत व्यक्त गरेको छ ।

Aarghakhachi-rahat (2)

अर्घाखाँची प्रबासी सम्पर्क मञ्चको बैठकले संकलित राहत रकम प्रधानमन्त्री राहत कोषमा पठाउने निर्णय गरेको थियो । त्यसैअनुसार भूकम्पको पीडामा परेका नेपालीहरुको घाउमा मलम लगाउन संकलित राहत रकम दुई लाख रुपैयाँ नेपाल पठाइएको साउदी अरबबाट कल्पना ढकालले जानकारी दिनुभयो ।

संकलन अभियानलाई अझै प्रभावकारी बनाउन मञ्चले योजना समेत अघि सारेको छ । जसअन्तर्गत सबै नेपाली संघसस्थामा पुगेर अभियानमा सहयोग गर्नै आग्रहग गरिने छ ।