काठमाडौँ। शेर्पा बालक छेरिंग सम्ढुप शेर्पाको बाल्यकाल अमेरिकाको न्युयोर्कमै बित्यो । अन्य प्रवासी नेपालीहरुको इच्छा जस्तै उनको बाबुआमाको पनि इच्छा थियो, आफ्नो पहिलो छोरालाई पश्चिमी मुलुकमा धेरै पढाएर ठूलो मान्छे बनाउने । तर उनको बाबुआमाको त्यो इच्छा, त्यसै रह्यो । कारण, शेर्पा जातिको सर्बमान्य बौद्ध, धर्म गुरु स्वर्गीय ठुसी रिम्पोचेको लिखित निर्देशन पछि अमेरिकामा जन्मेको ती बालक भारतको गुम्बामा पठाइए । सोलुखुम्बु घर भइ अहिले न्युयोर्कमा बस्दै आएका दावा शेर्पा दम्पत्तीको कोखबाट जन्मिएका अवतारी लामा टुल्कु स्वर्गीय गुरु ठूसी रिम्पोचेको निर्देशनलाई सिरोपर गरेर भारत पुगेका थिए । गुरुकै निर्देनमा शेर्पा दम्पत्तीले १५ बर्ष पहिले, ५ बर्षको आफ्नो नाबालकलाई भारतको एउटा गुम्बामा बौद्ध शिक्षा अर्जन गर्न छोडेका थिए ।
भिक्षु जीवन धारण गरेका ती शेर्पा बालकको नयाँ भिक्षु नामाकरण भयो, यिशी ग्याछो । पुनर्जन्म लिएका, अवतारी टुल्कु भिक्षु लामाहरुलाई बौद्ध धर्मवालाम्बी समूहले सम्मान स्वरुप अन्य भिक्षुहरु भन्दा माथिल्लो ओहदामा राख्ने सामाजिक चलन रहेको छ । गुम्बामा अवतारी टुल्कु भिक्षु लामाहरुलाई काम गर्न दिँदैनन अथवा गर्नुपर्ने मान्यता राख्दैनन् । अवतारी टुल्कु भिक्षु लामाहरु ज्यादा समय प्रार्थना, उच्च शिक्षा प्राप्ति र ध्यानमा आफ्नो समय बिताउँछ्न् ।
तर, नेपालको महाभूकम्पले अमरिकामा हुर्केको टुल्कुलाई समेत दुखीहरुको उद्दारकर्ममा लाग्न प्रेरित गर्यो । २० बर्षे टुल्कु यिशी ग्याछो प्रार्थना गर्दागर्दै अन्य भिक्षुहरुसंगै भूकम्पपीडितको पीडामा मल्हम लगाउन भूकम्पग्रस्त स्थानहरुमा पीडितहरुलाई सहयोग गर्न मैदानमा उत्रे ।
टुल्कु यिशी ग्याछो भत्केका घरहरुमा परेका असहायहरुलाई सहयोग गर्न पुगे काठमाडौँको शांखु लगायतका ठाउँमा पुगे । उनी लाशहरु देख्दा कहिले ओममानि जपिरहेको थिए भने कहिले भत्केका ठाउँहरुमा ईट्टा, धुलो हटाउँदै जीवितहरुको खोजीमा थिए । टुल्क आफू सानैमा भिक्षुधारण गर्न आफ्नो आमाबाट टाढिएको चोटले हो या अन्य करुणारुचिले हो, बिशेषगरि आमाबिहीन टुहुराहरुको खोजी गर्दै त्यस्ता बालबच्चाहरुको उद्दरमा लागि परे ।
सायद अमेरिकामै हुर्केको भएपनि नेपालीमुलको भएर होला उनलाई उद्दार कार्यमा लाग्ने प्रेरित गर्यो । तर, टुल्कु भन्छन्, “बुद्धको सन्देश रहेको छ, तिमीले जतिसुकै पवित्र सन्देशहरु पढेपनि, तिमीले जतिसुकै पवित्र सन्देशहरु सुनाए पनि, ति पवित्र सन्देशहरुको के अर्थनै रहन्छ यदि तिमी आफै ती सन्देश मार्गमा कर्म गर्दैनौँँ । म त मात्र एउटा सानो भिक्षु हुँ, मैले त सिद्दार्थ गौतम बुद्ध को सन्देशलाई सिरोपर गर्ने प्रयास मात्र गरेको हुँ ।”


















प्रतिक्रिया