२९ आश्विन २०८३, बिहिबार

युभेन्टससँग रियल मड्रिड पराजित, उपाधि सम्भावना सकियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

13-05-2015 santander madrid vs juave  fotos juan manuel serrano arce  काठमाडौं, ३१ वैशाख । च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा रियल मड्रिडको उपाधि सम्भावना सकिएको छ । बुधबार राति भएको खेलमा युभेन्टससँग बराबरी खेलेको रियल यसअघि पहिलो लेगको खेलमा हार व्यहोरेकाले उपाधि चरणबाटै बाहिरिएको हो ।

साविकको विजेता रियल मड्रिड उपाधिमा पुग्न हिजोको खेल जसरी पनि जित्नुपर्ने दबाब थियो । तर बराबरी खेलेपछि उपाधि यात्रामा विश्राम लागेको हो ।

समग्रमा रियल मड्रिडलाई पराजित गर्दै युभेन्टस च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा १-१ को बराबरी खेलेको युभेन्टसले समग्रमा ३-२ को जित निकालेको हो । पहिलो लेगमा युभेन्टसले २-१ ले जितेको थियो ।

uventsयुभेन्टस २००३ पछि रियललाई हराउँदै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफल भएको छ । अब युभेन्टसले उपाधिका लागि स्पेनिस क्लब बार्सिलोनासँग खेल्नेछ ।

बुधबार रातिको खेल रियलको घरेलु मैदान बर्नाबाउमा भएको थियो । खेलमा रियल मड्रिडले क्रिष्टियानो रोनाल्डोको पेनाल्टी गोलबाट सुरुवाति अग्रता लिएको थियो ।

तर, दोस्रो हाफको ५७ औं मिनेटमा युभेन्टेसका मोराटाले आफ्नो पूर्व क्लबविरुद्ध गोल गरेपछि रियल उपाधिमा पुग्न नसकेको हो । मोराटाको गोल युभेन्टसलाई फाइनलमा पुर्‍याउने अमूल्य गोल बन्यो ।

युभेन्टस र बार्सिलोनाबीच फाइनल भिडन्त बर्लिनमा जुन ६ मा हुनेछ ।

ronaldo-1