३० आश्विन २०८३, शुक्रबार

भारतीय दादागिरीको बिरोधमा हेमराजको भूकम्प गीत (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hemraj
काठमाडौं, ३० बैशाख । यसै पनि देश शोकमा छ । हजारौँको ज्यान गयोँ । नेपालीको रोदन अझ उस्तै छ । तर पनि भूकम्पले छाड्दैन । आइरहेछ, नेपालीहरुको ज्यान लिइरहेछ । नेपालीको पीडामा मल्हम लगाउनुको सट्टा भारतीय मिडियाकर्मी र भारतीय सेनाहरुले नुन चुक दले । त्यही विभत्स दृष्यलाई जनवादी गायक हेमराज आश्रमले गीतमा उतारेका छन् । जुन गीतले भन्छ, ‘भूकम्प गयो, हजारौँ मार्यो, त्यो पापी प्रकृति ।’

गीतको भिडियो पनि उस्तै छ । जुन दृष्यले घायल नेपालीको मनलाई अझ छिया छिया बनाउँछ । देशका अमूल्य सम्पत्ती गुमेकोमा हेमराजलाई पीडा छ, तेसैले त लेख्छन्, ‘जरै ढल्यो धरहराको, शिरै वसन्तपुरको । ध्वजा भयो पाटन मन्दिर, खण्डहर भक्तपुरको । बाउबाजेको नासै भयो विरागीको । लासै, लास छन् सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर । रामेछाप गोर्खा धादिङ रसुवा ललितपुर ।’

उनले नेपाल रोएको सचित्र बयान गरेका छन् । भूकम्पको पीडालाई स्वर र भिडियोमा कैद गरेका हेमराज गीतमै कहिले अस्पताल पुग्छन् त कहीले सिन्धुपाल्चोक, रसुवा र काठमाडौंका शहर । उनको गीतले भन्छ, ‘जताततै लासै लास छन्, विभत्स शहर । अस्पतालमा .ठाउँनै छैन, घाइते भित्र बाहिर । ऐया वरै मरे भन्छन्, छट्पटाउँदै ढल्छन् । गाउँबाट खबक आउँछ नुन बार भन्दै ।’

उनी विदेशी उद्दारकर्मीहरुको प्रशसां गर्दै, विदेशी दादागिरीको विरोधमा उत्रीएका छन् ।  फेरि गीतवाटै नेपालीलाई आग्रह गर्छन्, ‘मिलेर जुटौ पुनः निर्माणमा हरेश नखानु । शोकलाई होइन शक्तिलाई जगाऔँ हिम्मत नहार्नु ।’

भूकम्प पछि नेपालीको मनलाई सान्त्वना दिन यसरीनै नेपालका गायक गायिका र संगितकारहरु पनि जागेका छन् । आधा दर्जन भन्दा बढी भूकम्प सम्बन्धी गीतहरु अर्काइपमा सुन्न सकिन्छ । जनवादी गायक हेमराजले गीत गाउँनुको कारण खुलाउँछन्, ‘सार्वभौम मुलुकमा आँच आउने ढंगको भारतीय गतिविधिले गीत गाउँन वाध्य पा¥यो । महाभूकम्पपछि नेपालीको दुखेको मनमा मल्हम लगाउन पनि गीत गाएको हुँ ।’

गीतमा आफ्नो स्वरलाई हेमराजले आफै संगीतबद्ध गरेका हुन् । गीत पनि उनी आफ्नै हो । उक्त गीतको म्युजिक भिडियो निर्देशन तथा म्युजिक एरेन्ज पनि हेमराज स्वयंमले गरेका छन् । रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय सदस्य समेत रहेका हेमराजले झण्डै डेढ दर्जन जनवादी गीत गाइसकेका छन् ।

हेर्नुहोस भिडियोः