२९ आश्विन २०८३, बिहिबार

यात्रुबाहक बसमा आक्रमण गरी ४१ को हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bus-accidentइस्लामाबाद, ३० वैशाख । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा बुधबार विहान अज्ञात बन्दुकधारीको एक समूहले यात्रुबाहक बसमा आक्रमण गरी कम्तीमा पनि ४१ व्यक्तिको हत्या गरेका छन् ।

सो आक्रमणमा परी अन्य कयौं व्यक्ति घाइते भएका बताइएको छ । उनीहरुलाई नजिकैको अस्पताल पु¥याइएको छ ।
स्थानीय टेलिभिजन च्यानल दुनियाका अनुसार सिन्ध प्रान्तको कराची सहरको सफोरा चोराङ्गी क्षेत्रमा कम्तीमा ६ देखि ८ जनाको सङ्ख्यामा मोटरसाइकलमा आएका अज्ञात बन्दुकधारीले सो बसमा आक्रमण गरेका थिए ।

प्रत्यक्षदर्शीहरुका अनुसार आक्रमणकारीहरुले बसलाई रोकेर घेराहाली गोली बर्साउन सुरु गरेका थिए ।
सो घटनामा घाइते भएका व्यक्ति लाई दुईवटा अस्पतालमा लगिएको र घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने समेत प्रहरीको अनुमान रहेको छ ।

यस आक्रमणको प्रहरी अनुसन्धान जारी गरेको बताइएको छ । यस आक्रमणको हालसम्म कुनैपनि समूहले जिम्मा लिएको छैन ।
सो क्षेत्रमा यसअघि पनि मुस्लिम समुदायका विभिन्न जातीय समूहबीच आन्तरिक भिडन्त हुने गरेकोले सो आक्रमणमा पनि उनीहरुबीचको आपसी झगडा हुनसक्ने अनुमान गरिएको छ ।
उता प्रहरीले भने सो आक्रमणमा पाकिस्तानी तालिवानको हात रहेको अनुमान गरेको छ । रासस÷सिन्ह्वा